१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

कर्जा प्रवाह नगरेर अर्थतन्त्र चलायमान नभएको भन्न मिल्दैन: गभर्नर अधिकारी

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बैङ्कहरूले कर्जा प्रवाह नगरेकाले मुलुकको अर्थतन्त्र चलायमान हुन नसकेको भन्न नमिल्ने बताएका छन्।

शनिवार त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै उनले यस्तो कुरा बताएका हुन्। 

गभर्नर अधिकारीले बैङ्कहरूको कर्जा प्रवाह मुलुकको जिडिपी भन्दा धेरै हुँदा पनि कर्जा प्रवाह नभएर अर्थतन्त्र चलायमान हुन नसकेको भन्ने गरिएको बताए। उनले बैङ्कहरूले कर्जा प्रवाह नगरेर अर्थतन्त्र चलायमान हुन नसेको भन्ने कुरा गलत भएको बताए।

गभर्नर अधिकारीले अर्थतन्त्र चलायमान हुँदा मात्रै बैङ्कहरूले कर्जा दिने बताए। उनले बैङ्कहरूले कर्जा दिएर मात्रै अर्थतन्त्र चलायमान हुने भन्ने भ्रममा बस्न नहुने बताउनु बताए। 

उनले नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने आर्थिक तथ्याङ्कहरू चुनौती दिने प्रचलन रहेको जानकारी दिए। उनले नेपालको अर्थतन्त्रका धेरै प्यारामिटरहरुमा चुनौती रहेको बताए। गभर्नर अधिकारीले नेपालको अर्थतन्त्रमा धेरै मनि सप्लाई भएको वर्ष थोरै मूल्यवृद्धि भएको उदाहरणहरू रहेको बताए।

उनले पछिल्लो समय विश्वका केन्द्रीय बैङ्कहरूले अर्थतन्त्रलाई स्थायित्व दिन र मूल्यवृद्धि नियन्त्रणको लागि नीतिगत रुपमा कडाइका साथ उभिएको बताए। उनले मुलुकको मूल्यवृद्धि नियन्त्रणमा राष्ट्र बैंकको पनि महत्त्वपूर्ण भुमिका हुने गरेको बताए। उनले केन्द्रीय बैंकले लिने नीतिको प्रभाव मूल्य वृद्धिमा पर्ने धारणा राखे।

गभर्नर अधिकारीले राष्ट्र बैंकको गभर्नर र अर्थमन्त्री निरन्तर रुपमा आत्मनिभर अर्थतन्त्र बनाउने नीति बनाउन लाग्न आवश्यक रहेको बताए।

प्रकाशित: ७ आश्विन २०८० ०७:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App