७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

वेस्टमिन्स्टर कलेजको ‘आइओटी बुटक्याम्प’

ललितपुरको कुपण्डोलस्थित ‘द वेष्टमिन्स्टर कलेज’ ले तीन दिने इन्टरनेट अफ थिङ्स (आइओटी) बुट क्याम्प सम्पन्न गरेको छ।

विद्यार्थीहरूको पाठ्यक्रमलाई सघाउ पुर्‍याउने उक्त क्याम्पमा १८ जना विद्यार्थीको सहभागिता थियो। सहभागी विद्यार्थीले पछिल्लो समयमा आईओटीको क्षेत्रमा भएका प्रगति, नयाँ उपकरण तथा तिनको प्रयोगलगायतका विषयमा जानकारी लिनुको साथै उनीहरूले विभिन्न प्रोजेक्टहरू बनाएका थिए।

कलेजका प्रमुख अरूणलाल जोशीले प्रविधिको निरन्तर विकसित परिदृष्यमा आइओटीको भूमिका उच्च रहेको बताए। उनले आइओटीले भविष्यको डिजिटल परिदृष्यलाई ड्राइभ गर्ने उदीयमान प्रविधिको महत्वपूर्ण पक्षलाई प्रतिनिधित्व गर्ने बताए।

कार्यक्रमको हरेक सत्रमा जानकारीमूलक प्रस्तुति, व्यावहारिक अभ्यास तथा सामूहिक छलफल भएको कलेजले जनाएको छ।

प्रकाशित: ५ आश्विन २०८० ०४:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App