२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

इटहरीमा कर वृद्धि,नागरिक समाजद्वारा उपमहानगरपालिका अगाडि धर्ना

उपमहानगरपालिका अगाडि धर्ना दिँदै नागरिक समाजका प्रतिनिधि। तस्बिर: नागरिक

इटहरी उपमहानगरपालिकाद्दारा भूमि कर वृद्धि गरेको विषयमा नागरिक समाजले चरणबद्ध दबाबका कार्यक्रम गर्ने क्रममा शुक्रवार धर्ना दिएको छ। नागरिक समाज इटहरीले उपमहानगरपालिका अगाडि १० बजेदेखि झन्डै एक घण्टा धर्ना दिएको हो। 

नागरिक समाज इटहरीले तीन दिनदेखि पहिलो चरणमा पाँच दिने कार्यक्रम सार्वजनिक गरि तेस्रो दिन धर्ना दिएको हो । नागरिक समाजले यही भदौ २५ गतेसम्मका लागि चरणबद्ध दबाबका कार्यक्रम सार्वजनिक गरेको छ। 

इटहरीका नगरप्रमुख हेम कर्ण पौडेललाई भेटेर ध्यानाकर्षण गराउँदा पनि अहिलेसम्म कर समायोजन नभएकाले गर्दा बाध्य भएर चरणबद्ध दबाबमूलक कार्यक्रम सार्वजनिक गरिएको अध्यक्ष बालिका खड्का भट्टराईले बताइन्। 

नागरिक समाज इटहरीले साउन १६ गते पहिलो पटक कर वृद्धि समायोजन गर्न ध्यानाकर्षण पत्र बुझाएको थियो । दोस्रो पटक भदौ १७ गते स्मरण पत्र सार्वजनिक गरेको थियो। 

इटहरी नगर सभाले पास गरेको आर्थिक ऐन २०८०/०८१ अनुसार इटहरीको बजार क्षेत्रसँगै ग्रामीण क्षेत्रको जग्गाको कर बढाएको छ। 

 विभिन्न क्षेत्रबाट कर वृद्धिको विरोध हुँदै आए पनि कर समायोजन र पुनरावलोकन गर्न इटहरी उपमहानगरपालिकाले समिति भने गठन गरि सकेको छ । यद्यपी, अहिलेसम्म कर समायोजनबारे यकिन टुङ्गो लगाउन सकेको छैन् । कर समायोजन गर्न साउन २६ गतेको कार्यपालिका बैठकबाट समिति गठन भएको थियो। समिति वडा नं. ३ का वडाध्यक्ष उमेश सुवेदीको संयोजकत्वमा वडाध्यक्षहरू दिवस पोखरेल, रतन कार्की र प्रभात कुमार आचार्य रहेको समिति गठन गरिएको हो । त्यस्तै नेपाल सरकारका पूर्व उपसचिव गणेश प्रसाद दाहाल र कर तथा राजस्व सम्बन्धी विज्ञ पोषराज नेपाललाई पनि सदस्य चयन गरिएको छ। 

प्रकाशित: २२ भाद्र २०८० ०९:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App