६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

कमलादीमा प्रिमियम सामसुङ एक्स्पेरियन्स स्टोर

सामसुङले कमलादीमा प्रिमियम एक्स्पेरियन्स स्टोरको सुरुआत गरेको छ। अगस्ट १ देखि सञ्चालनमा आएको उक्त स्टोरको उद्घाटन सामसुङको दक्षिण पश्चिम एसियाका अध्यक्ष एवम् सिइओ जोङ बुमपार्कले गरेका छन्।

नेपालका लागि सामसुङ मोबाइल फोनको आधिकारिक आयातकर्ता आइएमएस ग्रुपले उक्त स्टोर सञ्चालनमा ल्याएको हो। सो स्टोरमा सामसुङका सम्पूर्ण इको सिस्टमलाई प्रदर्शित गरिने भएकाले उपभोक्ताले आफूले चाहेका मोबाइल खरिद गर्ने निर्णय गर्न सहज हुने कम्पनीले जनाएको छ।

ग्राहकले स्टोरबाट सामसुङको सम्पूर्ण सिरिजका स्मार्टफोनलगायत ग्यालेक्सी बड्स, ग्यालेक्सी स्मार्ट वाच, ट्याब्लेट, सामसुङ मोनिटर, सामसुङ उपकरण र सामसुङ टेलिभिजनहरू हेर्न र त्यसको अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ।

स्टोरमा गेमिङमा अभिरुची राख्ने युवालाई लक्षित गरेर एउटा बेग्लै गेमिङ जोनको पनि व्यवस्था गरिएको कम्पनीले जनाएको छ। साथै स्टोरमा आउने ग्राहकले सामसुङ इन्स्टा फाइनान्सलगायतका सुविधाहरू उक्त स्टोरबाट लिन सकिने कम्पनीले बताएको छ।

प्रकाशित: १८ श्रावण २०८० ०२:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App