२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

मौद्रिक नीति सकारात्मक छ: अध्यक्ष केसी

वाणिज्य बैङ्कहरूको छाता संगठन नेपाल बैंकर्स संघका अध्यक्ष रहेका सुनिल केसीले मौद्रिक नीति सकारात्मक रहेको प्रतिक्रिया दिएका छन्। 

आज नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक पछि कुराकानी गर्दै यस्तो प्रतिक्रिया दिएका हुन। उनले विश्व अर्थतन्त्रमा देखिएका समस्या अझै बाँकी रहेको र नेपाली अर्थतन्त्रमा पनि समस्या चुनौती कायम रहेकाले असामान्य अवस्थामा आएको मौद्रिक नीति सन्तुलन कायम गर्ने गरी आएको बताए।

उनले चालु पुँजी कर्जालाई पुनरावलोकन गर्ने, शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गरिने कुरा सकारात्मक रहेको बताए। उनले पछिल्लो समय चालु पुँजी कर्जा मार्गदर्शनको कारणले कर्जा माग्न जान समस्या भएको बेलामा परिवर्तन गर्ने कुराले कर्जा प्रवाहमा सकारात्मक प्रभाव पर्ने अपेक्षा लिएको बताए। उनले केवाइसीलाई राष्ट्रिय परिचयपत्रसँग जोड्ने,बैङ्किङ कसुरलाई सशक्त बनाएर लैजाने र कर्जा लगानीको फ्रेम वर्क बनाउने कुराले बैङ्किङ क्षेत्रलाई सजिलो बनाउने धारणा राखे। 

नेपाल बैंकर्स संघका अध्यक्ष केसीले बैङ्किङ नीतिगत दरलाई ६.५ प्रतिशतमा ल्याउँदा बैङ्कहरूको स्थायी तरलता सुविधा र नीतिगत दरमा ओभर नाइट तरलता ब्याजदरको कम हुने भएकाले बैंकको लागत कम हुने बताए। उनले आर्थिक क्षेत्रलाई चलायमान बनाउनु पर्ने चुनौतीलाई सहज बनाउने अपेक्षा रहेको पनि बताए। 

प्रकाशित: ७ श्रावण २०८० १३:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App