१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

महालक्ष्मी बैंकका ग्राहकलाई छुट

महालक्ष्मी विकास बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट र कलाक्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरूसँग सम्झौता गरेको छ।  

सम्झौता पश्चात बैंकका डेविट अथवा क्रेडिटकार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले ती संस्थाले प्रवाह गर्ने विभिन्न सेवामा विशेष छुट प्राप्त गर्नेछन्। बैंकका ग्राहकले काठमाडौंको विशालनगरस्थित आरोगिन हेल्थ केयरका विभिन्न सेवाहरूमा ५ देखि अधिकतम ४५ प्रतिशतसम्म, सुनसरीको इटहरीस्थित होटल पाथिभरा इन्टरनेसनलका सेवामा १० प्रतिशत, काठमाडौंको मैतिदेवी काठमाडौंस्थित बुँइगल लञ्ज एण्ड बारका सेवामा १५ प्रतिशत, काठमाडौंको लाजिम्पाटस्थित येल्लो हात्तीका सेवाहरूमा अधिकतम १० प्रतिशत, सुनसरीको इटहरी ६ स्थित बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनका सेवामा अधिकतम १० प्रतिशत र काठमाडौंको मैतिदेवीस्थित बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेनका सेवामा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने भएका छन्।

 

प्रकाशित: ५ असार २०८० ०२:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App