२२ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

भण्डारण र खाद्यवस्तुको चिस्याउने डेरीबारे मेला शुरु

खाद्यवस्तुको चिस्याउने डेरी र भण्डारण गर्नेबारे मेला काठमाडौंमा आजबाट शुरु भएको छ।  

आगामी तीन दिनसम्म चल्ने यो मेलामा नेपाल—भारतका व्यवसायीहरु सहभागी भएका छन्। 

खाद्यवस्तुको भण्डारण र चिस्याएर राख्ने विषयमा अहिले विश्वासमा आएको नविनतम प्रविधिबारे जानकारी दिन मेला आयोजना गरिएको आयोजकले बताएको छ। मेलाले प्रविधि र सामग्री उत्पादक व्यवसायीलाई सहजीकरण गर्ने आयोजकले बताएको छ। 

मेलाले व्यवसायी व्यवसायीबीच सम्बन्ध बनाउने र व्यवसाय बढाउन सहयोग पुग्ने बताइएको छ। भारतबाट मेलामा सहभागी भएका गान्धी अटोमेसन्स प्रा.लि.का प्रतिनिधि विनिल सल्लागरीले खाद्यवस्तुको प्रशोधन र चिस्याउने प्रविधि सामग्रीको बजार धेरै राम्रो रहेको र आफूहरुले प्रयोग गरिरहेको प्रविधि नेपालमा उपलब्ध गराउन लागेको बताए।  

नेपालमा खाद्यवस्तुको प्रशोधन, चिस्यान र भण्डारणमा प्रयोग हुँदै आएको प्रविधि र सामग्री आयातित छन्। बजार बिस्तार हुँदै गएपनि यसमा प्रयोग हुने प्रविधि र सामग्री नेपालमै उत्पादन गर्न सकिएको छैन। मेलामा आफ्नो प्रविधिको प्रदर्शन गर्न आएका व्यवसायी इन्जिनियर अनिलकुमार आचार्यले बजार हरेक वर्ष बढ्दै गएको बताए। प्रदेश सरकारहरुले चिस्यान केन्द्र चिस्यान भण्डारण घरहरु बनाउने कार्यक्रम ल्याएसँगै कृषक र वयवसायीलाई खुशी बनाएको बताए।  

नेपालमा यस प्रकारको प्रदर्शनी पहिलो पटक भएको हो। आजबाट शुरु भएको मेलामा नेपाल र भारतका ५० बढी व्यापारी, व्यवसायी सहभागी भएका छन्। मेलामा सामान बिक्री भन्दा पनि व्यवसायी सम्बन्ध बनाउन र प्रविधिबारे ज्ञान, सीप साटासाट गर्न साझा मञ्च हुने बताइएको छ।  

 आगामी तीन दिनसम्म चल्ने यो मेलामा नेपाल—भारतका व्यवसायीहरु सहभागी भएका छन्। खाद्यवस्तुको भण्डारण र चिस्याएर राख्ने विषयमा अहिले विश्वासमा आएको नविनतम प्रविधिबारे जानकारी दिन मेला आयोजना गरिएको आयोजकले बताएको छ। मेलाले प्रविधि र सामग्री उत्पादक व्यवसायीलाई सहजीकरण गर्ने आयोजकले बताएको छ। 

मेलाले व्यवसायी व्यवसायीबीच सम्बन्ध बनाउने र व्यवसाय बढाउन सहयोग पुग्ने बताइएको छ। भारतबाट मेलामा सहभागी भएका गान्धी अटोमेसन्स प्रा.लि.का प्रतिनिधि विनिल सल्लागरीले खाद्यवस्तुको प्रशोधन र चिस्याउने प्रविधि सामग्रीको बजार धेरै राम्रो रहेको र आफूहरुले प्रयोग गरिरहेको प्रविधि नेपालमा उपलब्ध गराउन लागेको बताए।  

नेपालमा खाद्यवस्तुको प्रशोधन, चिस्यान र भण्डारणमा प्रयोग हुँदै आएको प्रविधि र सामग्री आयातित छन्। बजार बिस्तार हुँदै गएपनि यसमा प्रयोग हुने प्रविधि र सामग्री नेपालमै उत्पादन गर्न सकिएको छैन। मेलामा आफ्नो प्रविधिको प्रदर्शन गर्न आएका व्यवसायी इन्जिनियर अनिलकुमार आचार्यले बजार हरेक वर्ष बढ्दै गएको बताए। प्रदेश सरकारहरुले चिस्यान केन्द्र चिस्यान भण्डारण घरहरु बनाउने कार्यक्रम ल्याएसँगै कृषक र वयवसायीलाई खुशी बनाएको बताए।  

नेपालमा यस प्रकारको प्रदर्शनी पहिलो पटक भएको हो। आजबाट शुरु भएको मेलामा नेपाल र भारतका ५० बढी व्यापारी, व्यवसायी सहभागी भएका छन्। मेलामा सामान बिक्री भन्दा पनि व्यवसायी सम्बन्ध बनाउन र प्रविधिबारे ज्ञान, सीप साटासाट गर्न साझा मञ्च हुने बताइएको छ।  

प्रकाशित: २६ जेष्ठ २०८० १०:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App