२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

सार्वजनिक खरिद ऐनलाई संशोधन नगरेसम्म विकास निर्माणका काम अस्तव्यस्त हुन्छः मन्त्री ज्वाला

फाईल तस्बिर

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐनलाई संशोधन नगरेसम्म विकास निर्माणका कामहरु अस्तव्यस्त भइरहने बताएका छन्।

मंगलवार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले सार्वजनिक खरिद ऐनलाई संशोधन नगरेसम्म विकास निर्माणका कामहरु अस्तव्यस्त भइरहने बताए।

उनले सार्वजनिक खरिद ऐनलाई विकासमैत्री बनाउनका लागि संशोधन गर्नुपर्ने बताए।त्यस्तै उनले सडकको वर्गिकरण गर्न जरुरी रहेको उल्लेख गर्दै मन्त्रालयले सडक वर्गिकरणका लागि प्रतिवेदन पेस गर्न समिति बनाएको जानकारी दिए।

उनले प्रतिवेदन आइसकेपछि मन्त्रिपरिषद्मा लगेर कार्यान्वयन गरिने बताए।मन्त्री ज्वालाले संसदीय समिति र सरकारका बीचमा टसल र प्रतिष्पर्धा हुने अवस्था आउनु नहुने भन्दै आपसमा मिलेर काम गर्नुपर्ने धारणा राखे।  

उनले समितिले आफ्नो मन्त्रालयमा दिने निर्देशनहरुलाई लागू गर्ने प्रतिवद्धता व्यक्त गरे।  

प्रकाशित: २ जेष्ठ २०८० १०:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App