coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सिएनआई र राप्रपाबीच छलफल

नेपाल उद्योग परिसंघले मुलुकको अर्थतन्त्र र सुधारका लागि चालिनुपर्ने कदमका विषयमा राजनीतिक दलहरूसँगको छलफललाई निरन्तरता दिएको छ।

परिसंघले बिहीबार राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद्, पदाधिकारी एवं केन्द्रीय सदस्यहरूसँग छलफल गरेको छ। परिसंघ सचिवालयमा आयोजित छलफलमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले हाल उद्योगी व्यवसायीहरूको मनोबल निकै घटेको र अर्थतन्त्रमा सुधार ल्याउन निजी क्षेत्रको मनोबल बढाउन आवश्यक रहेको बताए।

लगानीयोग्य पुँजीको अभाव, निस्क्रिय कर्जामा भइरहेको तीव्र वृद्धि, उच्च ब्याजदरलगायतका कारणले निजीक्षेत्रको मनोबल खस्किएकाले यसमा सुधार आवश्यक रहेको बताए।

नेपाल उद्योग परिसंघले मुलुकको अर्थतन्त्र र सुधारका लागि चालिनुपर्ने कदमका विषयमा राजनीतिक दलहरूसँगको छलफललाई निरन्तरता दिएको छ।

उनले उद्योगी व्यवसायीहरूको मनोबल बढाउन सांसद एवं दलहरूको भूमिका महत्वपूर्ण हुने बताए। अर्थतन्त्रमा सुधार ल्याउन सरकारी एवं निजी क्षेत्रको लगानी बढाउनुपर्र्ने, ब्याजदर कम गर्नुपर्ने र माग बढाउनुपर्नेमा जोड दिए।

अध्यक्ष अग्रवालले संकटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको ‘रिबुटिङ नेप्लिज इकोनोमी’ अवधारणाबारे राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जानकारी गराए।

परिसंघले नेपाली अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न वित्तीय क्षेत्र (तरलता संकट तथा उच्च ब्याजदर), औद्योगिक प्रबद्र्धन, पूर्वाधार, पर्यटन, ऊर्जा र सूचना प्रविधिक्षेत्रलाई प्राथमिकतामा राख्दै तत्काल गर्न सकिने उपाय समेत सुझाए।

अध्यक्ष अग्रवालले संकटपूर्ण अवस्थामा रहेको मुलुकको अर्थतन्त्रलाई पुनः गति प्रदान गर्न तत्काल चालिनुपर्ने स्पष्ट कदमसहितको ‘रिबुटिङ नेप्लिज इकोनोमी’ अवधारणाबारे राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जानकारी गराए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता राजेन्द्र लिङ्देनले निजीक्षेत्र बलियो नभएसम्म रोजगारी नबढ्ने र अर्थतन्त्र बलियो हुँदैन भन्नेमा पार्टी स्पष्ट रहेको बताए। सिएनआईका वरिष्ठ उपाध्यक्ष राजेशकुमार अग्रवालले निजी क्षेत्रसँग सम्बन्धित ऐन बनाउन निजी क्षेत्रसँग छलफल गरिनुपर्नेमा जोड दिए। उनले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्राधिकारमा निजीक्षेत्रलाई समेत राख्ने गरी कानून बनाउन खोजिएको भन्दै त्यसले निजीक्षेत्रको मनोबल थप घट्ने बताए।

 परिसंघका निवर्तमान अध्यक्ष सतीशकुमार मोर, उपाध्यक्षहरू वीरेन्द्रराज पाण्डे, हेमराज ढकाल, परिसंघ गभर्निङ काउन्सिल सदस्यहरू अनुज अग्रवाल, शशिकान्त अग्रवाल, बालकृष्ण श्रेष्ठ लगायतले अर्थतन्त्र एवं सुधारका विषयमा सुझाव दिए ।

प्रकाशित: १५ वैशाख २०८० ०३:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App