काठमाडौं महानगरपालिकाले सार्वजनिक निकायको निर्माण एवम् मर्मतकाे काम राति ८ बजेपछि मात्र गर्न निर्देशन दिएको छ। महानगरपालिकाले सोमबार सार्वजनिक सूचना जारी गर्दै कामपाभित्र हुने सार्वजनिक तथा निजी पूर्वाधार निर्माण एवम् मर्मत कार्यलाई व्यवस्थित गरी सडकमा आवतजावत सहज गराउन र निर्माण कार्य सकभर राति ८ बजे पछिमात्र गर्न निर्देशन दिएको हो ।
महानगरले भवन निर्माणका क्रममा सडकमा धुलो, निर्माण सामग्रीका टुक्रासमेत नखस्ने प्रबन्ध मिलाउन भनेको छ।
यदि सूचनामा उल्लिखित कार्य नभए ऐन बमोजिम जरिवाना गर्ने चेतावनीसमेत महानगरले दिएको छ। यस्तो छ महानगरको सूचना(

प्रकाशित: ४ वैशाख २०८० ०४:१५ सोमबार





