८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

महालक्ष्मी बैंकद्वारा विभिन्न संस्थालाई सहयोग

महालक्ष्मी विकास बैंकका शाखाहरूद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय, टोल सुधार समिति र मन्दिरलाई सहयोगका कार्यक्रमहरू सम्पन्न भएका छन्।

बैंकको बानेश्वर शाखाद्वारा काठमाडौं महानगरपालिका ३२ सुविधानगरमा अवस्थित तिनकुने टोल सुधार समितिलाई पचास थान डस्टविन हस्तान्तरण गरेको छ।

महालक्ष्मी विकास बैंकका शाखाहरूद्वारा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विद्यालय, टोल सुधार समिति र मन्दिरलाई सहयोगका कार्यक्रमहरू सम्पन्न भएका छन्।

काठमाडौं महानगरपालिका वडा नं. ३२ भित्रको फोहोर व्यवस्थापन गरी सफा तथा सुन्दर काठमाडौं बनाउन मदत पुर्‍याउने उद्देश्यले बैकले उक्त सहयोग प्रदान गरेको जनाएको छ।

त्यसैगरी बैंकको वीरगञ्ज शाखाद्वारा अलखियामठ सञ्चालक समितिलाई खानेपानीको ट्याङ्की तथा डस्टविन हस्तान्तरण गरेको छ। अलखिया मठमा दर्शन गर्न आउने दर्शनार्थी तथा भक्तजनका लागि खानेपानीको आवश्यकता परिपूर्ति गर्ने हेतुले बैंकले समितिलाई उक्त सहयोग गरेको जनाएको छ।

यससँगै बैंकको बीचबजार-धादिङ शाखाद्वारा निलकण्ठ नगरपालिका वडा ७ मा अवस्थित कर्णेश्वर माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति हस्तान्तरण गरेको छ।

प्रकाशित: ४ वैशाख २०८० ०१:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App