१९ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

नारायणी डेभलपमेन्ट बैंकले गर्‍यो ‘वित्तीय साक्षरता’ प्रभातफेरी

नारायणी डेभलपमेन्ट बैंकले शुक्रबार बिहान पूर्वी चितवनको रत्ननगरमा ‘वित्तीय साक्षरता’ प्रभातफेरीको आयोजना गरेको छ।

वित्तीय साक्षरता दिबसको अवसरमा नारायणी डेभलपमेन्ट बैंकले यो कार्यक्रम गरेको हो। सौराहाचोकबाट सुरु भएको प्रभातफेरी निपनी हुँदै टाँडी बजार परिक्रमा गरि समापन गरिएको थियो।

कार्यक्रममा उक्त बैंकका प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेलले नागरिकलाई बचत गर्ने बानीको विकास गर्दा हुने फाईदाको विषयमा बुझाउन सचेतना मुलक कार्यक्रम गरिएको बताए।

बैंकका नायक प्रमुख कार्यकारी अधिकृत ह्दयराज घिमिरेले भविश्यको सुनिश्चितताको लागि बचत र आर्थिक परिचालनको पाटो महत्वपूर्ण रहेको बताए। मुलुकमा आर्थिक संकट देखा परेको भन्दै उनले बचत र आर्थिक परिचालनले संकट सामधानमा सहयोग गर्ने बताए।

प्रभातफेरीमा बैंकका लगानीकर्ता, शेयर सदस्य र कर्मचारीहरुको सहभागिता थियो। कार्यक्रममा सहभागीहरुले विभिन्न नारा लेखेको प्लेकार्ड बोकेका थिए।

प्रकाशित: १० चैत्र २०७९ ०७:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App