२ फाल्गुन २०८२ शनिबार
image/svg+xml
खेल

आइसिसी यू-१९ विश्वकप : श्रीलंकाको टोली घोषणा

यसै महिना आयोजना हुने आईसीसी यू-१९ पुरुष विश्वकप खेल्ने श्रीलंकाली टोलीको घोषणा भएको छ। 

१५ जनवरीबाट सुरु हुने विश्वकपको लागि श्रीलंकाले विमथ दिनसाराको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो। 

जिम्बाबे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने सो विश्वकपमा कुल १५ टोलीले सहभागिता जनाउँदै छन्। समूह ‘ए’ मा रहेको श्रीलंकाले अष्ट्रेलिया, जापान र आयरल्यान्डको सामना गर्नेछ।

टोलीमा विमथ दिनसारा (कप्तान), कविजा गामागे, दिमन्था महाविथना, विरन चामुदिथा, दुल्निथ सिगेरा, चमिका हेन्तिगाला, एडम हिल्मी, चामरिन्दु नेथसारा, सेठमिका सेनेविरत्ने, कुगाथास मथुलन, रसिथ निमसारा, विघ्नेश्वरन आकाश, जिवन्था मलकुजा, जिवन्था, सिल्वान आकाश र सेन्थमिका सेनेविरात्ने रहेका छन्।

प्रकाशित: १८ पुस २०८२ १३:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App