१ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

जाँचबुझ आयोगले देउवा–प्रचण्डसँग लिखित धारणा माग्यो

भदौ २३ र २४ गतेको घटनाको अनुसन्धान गर्न गठित जाँचबुझ आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि धारणा मागेको छ। जेन–जी आन्दोलनमा भएको दमन र २४ गतेको विध्वंसबारे दुवै जना नेतासँग आयोगले लिखित रूपमा आफ्नो धारणा राखिदिन आग्रहसहित पत्र पठाएको हो।  

दुवै जनाले आयोगबाट पठाइएको पत्र बुझेको आयोगस्रोतले बतायो। आयोगले दुवैजनासँग बयान नभई धारणा मात्रै मागेको जनाएको छ।  

प्रकाशित: १८ पुस २०८२ १४:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App