वल्र्ड लिंकले बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्ट (बीआईआई), बेलायत सरकारको विकास वित्त संस्था र प्रभावकारी लगानीकर्ता तथा डोल्मा इम्प्याक्ट फण्ड (डीआईएफ आईआई) को १ अर्ब ९८ करोड संयुक्त लगानी प्राप्त गरेको छ। बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्ट (बीआईआई), बेलायत सरकारको विकास वित्त संस्था र प्रभावकारी लगानीकर्ताबाट ८.४ मिलियन डलर अर्थात् १ अर्ब ८ करोड नेपाली रूपैयाँ तथा डोल्मा इम्प्याक्ट फण्डबाट ६.९ मिलियन डलर अर्थात् ९० करोड नेपाली रूपीयाँ बराबरको लगानी वल्र्ड लिंकले प्राप्त गरेको हो।
यो लगानी इन्टरनेट क्षेत्रको सबैभन्दा ठूलो लगानी हो। सन् २०१९ को अक्टोबरमा १२ मिलियन डलर अर्थात् १ अर्ब ३५ करोड नेपाली रूपैयाँ बराबरको लगानी बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्टबाट कम्पनीले पाइसकेको छ। यसअघिको लगानी र हालको लगानी गरी कम्पनीमा २७.२ मिलियन डलर अर्थात् ३ अर्ब ३३ करोड बराबरको लगानी पुगेको छ, जुन इन्टरनेट सेवा उद्योगमा अहिलेसम्मकै सबैभन्दा उच्च हो। बिट्रिस इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फण्डले पनि लगानीले सीप विकास र तालिम कार्यक्रमहरू विस्तार गर्न तथा स्वास्थ्य र सुरक्षा मापदण्डको गुणरस्तर अभिवृद्धिमा प्रगति हुने अपेक्षा गरेको छ।
वल्र्डलिंकका अध्यक्ष तथा प्रबन्ध निर्देशक दिलिप अग्रवालले यस साझेदारीले ‘जुनसुकै बेला र जहाँ पनि जडान’गर्ने हाम्रो उद्देश्यलाई अभिप्रेरित गरेको र नेटवर्कको थप विस्तारका लागि गति दिन थप उत्साह प्रदान गरेको बताए ।
प्रकाशित: ७ चैत्र २०७९ ०३:२७ मंगलबार





