२२ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

कियाको ‘कारेन्स’ नेपाली बजारमा

कोरियाली कार निर्माता कियाले आफ्नो नयाँ एमभिपी कारेन्स बजारमा ल्याएको छ। कम्पनीले नेपालका लागि आफ्नो अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज मार्फत नेपाली बजारमा कारेन्स लन्च गरेको हो। 

कम्पनीले कियाको पछिल्लो संस्करण ‘किया कारेन्स’लाई पूर्ण आधुनिक पारिवारिक कार भनेको छ। कारेन्स कार मात्र नभएर आफ्नो परिवारलाई सबैभन्दा माथि राख्ने व्यक्तिका लागि सवारीको उत्तम विकल्प भएको कम्पनीको विश्वास छ। कम्पनीले एक विज्ञप्ति जारी गर्दै आधुनिक परिवारले आदर्श मान्न सक्ने कारको लागि आवश्यक पर्ने सुरक्षा, स्पेस र स्टाइलका साथ आएको उल्लेख गरेको छ। कम्पनीले कारेन्स प्रिमियम १५ सय डिस्प्लेसमेन्टको मूल्य ४८ लाख ९० हजार र कारेन्स प्रेस्टिज १५ सयको डिस्प्लेसमेन्टको मूल्य ५२ लाख ९० हजार रूपैयाँ निर्धारण गरेको जनाएको छ।

प्रकाशित: ७ चैत्र २०७९ ०३:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App