२२ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

लघुवित्त र मिटरब्याजी पीडितहरुले गरे आन्दोलन

लघुवित्त र मिटरब्याजी पीडितहरुले काठमाडौंमा आन्दोलन गरेका छन्।  

आज लघुवित्त वित्तीय संस्थाहरुको बिरोधमा माईतीघर मण्डलामा भेला भएर पीडितहरुले बिरोध प्रदर्शन गरेका हुन् ।विभिन्न जिल्लाहरुबाट काठमाडौं आएका उनीहरुले आज संयुक्त बिरोध प्रदर्शन गरेका छन्।  

उनीहरुले ५५ भन्दा धेरै जिल्लाका लघुवित्त र मिटरब्याजी पीडितहरु भेला भइ संयुक्त आन्दोलन गरेको दाबी गरेका छन्। उनीहरुले लघुवित्त र मिटरब्याजीहरुले ऋण मिनाह गर्नुपर्ने, किसानहरुलाई बिना धितो ऋण प्रदान गर्नुपर्ने माग राखेका छन्।

 लघुवित्तीय संस्थाहरुले फिर्ता नहुने गरी केन्द्र वचतको नाममा विगत ३० वर्षदेखि गेरको प्रति सदस्य पाँच रुपैयाँ बराबरको रकम फिर्ता गर्नुपर्ने, लघुवित्तीय संस्थाले कर्जा प्रवाह गर्दा २/३ पटक प्नःकर्जा प्रवाह गर्दा असुल गरेको रकम तुरुन्त फिर्ता गर्नुपर्ने, सम्पूर्ण ऋणिहरु बाहेकका विभिन्न नाममा गरिएको वचत कर्ताहरुको रकम हिसाव गरी फिर्ता गर्नुपर्ने लगायतका माग राखेका छन् । आन्दोलनमा सहभागीहरुले समाजवादी अर्थतन्त्रको विकास गर्, आम गरिव किसानलाई निःशुल्क ऋण प्रदान गर्, आवश्यक्ता र क्षमतामा आधारित काम र दामको व्यवस्था गर् लगायतका प्लेकार्ड बोकेर आन्दोलन गरेका थिए।  

प्रकाशित: ३० फाल्गुन २०७९ १०:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App