६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

आरविवी मर्चेन्ट र कालिञ्चोक हाइड्रोपावर बीच सम्झौता

आरविवी मर्चेन्ट र कालिञ्चोक हाइड्रोपावर बीच निष्कासन तथा बिक्री प्रबन्धकको लागि सम्झौता सम्पन्न भएको छ। दोलखा जिल्लाको बिगु गाउँपालिका ८ मा निर्माणाधीन ५ मेगावाट क्षमताको कालिञ्चोक हाइड्रोपावरको ६ लाख कित्ता साधारण शेयर निष्कासनको लागि उक्त सम्झौता भएको हो। सम्झौतापत्रमा कालिञ्चोक हाइड्रोपावर लिमिटेडको तर्फबाट कालिञ्चोक हाइड्रोपावरका अध्यक्ष इन्दिरा पन्त र आरविवी मर्चेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार सर्वसाधारणमा जारी गर्नको लागि प्राथमिक शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा आरविवी मर्चेन्ट बैकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

तेस्रो नेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी हुँदै

काठमाडौं, फागुन २९ (नागरिक)– मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्टस् प्रालिले ‘तेस्रो नेपाल फाइभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी’गर्ने भएको छ। यही चैत्र १०, ११ र १२ गते भृकुटीमण्डप काठमाडौमा आयोजना हुने प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीका १ सय ५० भन्दा बढी स्टलहरू रहने छन्।  

प्रदर्शनीमा देशभरिबाट बढीभन्दा बढी उद्यमी, अनुसन्धानकर्ता, संघ संस्थाका प्रतिनिधि आदिले प्रदर्शनीमा आधुनिक प्रविधिको अनुशरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने विश्वास संस्थाले लिएको छ। सप्लायर्स र उत्पादकहरूको साझा मञ्च मात्र नभएर नेपाल फाइभ पीले समृद्ध नेपालको रेखांकनमा पनि उत्तिकै योगदान पुर्याउनुका साथै संसार भरिका उत्कृष्ट प्रविधि र प्रयासहरूलाई भित्र्याउने दाबी आयोजकले गरेका छन्। 

प्रकाशित: ३० फाल्गुन २०७९ ०४:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App