२२ पुस २०८२ मंगलबार
image/svg+xml
अर्थ

बिवाइडीले निगमलाई गाडी हस्ताणतरण

बिवाइडी अटो इन्डष्ट्रिज नेपालको आधिकारिक बिक्रेता साइमेक्स इन्क प्रालिले ३ थान गाडी नेपाल आयल निगमलाई हस्तान्तरण गरेको छ। नेपाल आयल निगमको दिगोपनार वातावरणीय जिम्मेवारी अनुरूप अल–न्यु इसिक्सको खरिद प्रक्रिया अगाडि बढेको बताउँदै गाडी शून्य उत्सर्जनर कम सञ्चालन खर्चरहेको प्रभावकारीर वातावरण मैत्रीरहेको कम्पनीले जनाएको छ। निगमका प्रोजेक्टर आइटी डिपार्टमेन्टका डाइरेक्टर इन्जिनियर सुरज शाहले दिगोपनाको लागि प्रतिबद्धता अनुरूप इलेक्ट्रिक सवारी साधन यातायातको भविष्य भएको बताए। साथै उनले आउने दिनहरूमा सवारी साधनलाई कम्पनी इलेक्ट्रिकमा रूपान्तरित गर्ने अवसरको खोजीमारहेको बताए। साइमेक्स इन्कका प्रबन्ध निर्देशक यमुना श्रेष्ठका अनुसार बिवाइडीका इभीज निगमद्वारा खरिद गर्नुलाई देशको पेट्रोलियम पदार्थ माथिको निर्भरता घटाउनेर विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्नुलाई महत्वपूर्ण कदमको रूपमा लिन सकिन्छ।

प्रकाशित: ३० फाल्गुन २०७९ ०४:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App