२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

आइएमएफद्वारा सिबिफिनसँग छलफल

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को टोलीले बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) सँग नेपालको आर्थिक अवस्थाको बारेमा छलफल गरेको छ।

आईएमएफबाट नेपालमा आएको मिसन टोलीका प्रमुख जार्को टुरुनेनले सिबिफिनका पदाधिकारीसँग छलफल गरेका हुन्। सिबिफिनका प्रतिनिधिहरूले आयात, तरलताको समस्या र त्यसको असर, बैंक तथा वित्तीय संस्थाको मुनाफामा देखिएको संकुचन, पूँजी बजारमा आएको गिरावट, बाफिया, निष्क्रिय कर्जामा भइरहेको वृद्धि, ब्याजदर, कर्जायोग्य पुँजीको अभाव लगायतका विषयमा जानकारी गराएका थिए।

आइएमएफ टोलीमा नेपालका आवासीय प्रतिनिधि टेरेसा डबान सान्चेज, आईएमएफ-वाशिङ्टन डि सी, अमेरिकाका वरिष्ठ अर्थशास्त्री रसेल ग्रीन सहभागी थिए।

त्यसैगरी, सिबिफिनको तर्फबाट उपाध्यक्ष राजेश उपाध्यक्ष, महासचिव राजनसिंह भण्डारी, कार्यकारिणी सदस्य राधेश पन्त तथा सिबिफिनका महानिर्देशक डा. गोपालप्रसाद तिवारीको सहभागिता रहेको थियो।

प्रकाशित: १२ फाल्गुन २०७९ ०१:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App