६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

गुल्मीमा राँगाको तथ्यांक संकलन गरिंदै

फाइल तस्वीर

गुल्मीमा राँगाको तथ्यांक संकलन गरिने भएको छ। भैंसीपालनलाई थप व्यवस्थित गर्न सत्यवती गाउँपालिकाले राँगाको तथ्यांक संकलन गर्न लागेको हो।

गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक नारायणप्रसाद खनालका अनुसार यसबारे गाउँपालिकाले किसानसँग छलफल गरिरहेको छ। राँगा पाल्ने तीन किसानलाई तीन हजार रुपैयाँसहित सम्मान समेत गरिएको खनालले बताए।‘राँगाको यथेष्ट तथ्यांक संकलन गरी योजना बनाउँदै छौ’, उनले भने।

गाउँपालिकाका अध्यक्ष टीकाराम पाण्डेले दूध उत्पादनमा प्रोत्साहन,भैंसीपालनका लागि प्रेरित गर्न तथा पशुपालनतर्फ आकर्षित गर्न राँगाको तथ्यांक संकलन गर्न लागिएको बताए। ‘राँगाको नश्ल सुधारको योजना छ’, उनले भने।

गाउँपालिकाले ५० प्रतिशत अनुदानमा उन्नत जातका राँगा किसानलाई वितरण गर्दै आएको छ।

गाउँपालिकाले यस वर्ष १३ उन्नत जातका राँगा किसानलाई वितरण गर्दैछ। राँगाको तथ्यांक संकलन गरी बीमा समेत गाउँपालिकाले गर्ने योजना बनाएको छ। पशुसम्बन्धी कार्यक्रमको सहजताका लागि यथेष्ट तथ्यांक अभिलेख गर्ने गाउँपालिकाको तयारी छ। रासस

प्रकाशित: १० फाल्गुन २०७९ ०२:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App