५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

नबिलका ग्राहकलाई छुट

नबिल बैंकका ग्राहकले सिजी डिजिटल र एलजी लाइफस्टाइलको आउटलेटबाट सामान खरिद गर्दा छुट पाउने भएका छन्।

बैंकले आफ्ना ग्राहकलाई डिजिटल कारोबारमा सहयोग गर्न सिजी डिजिटल र एलजीको सामान खरिदमा छुट दिने योजना ल्याएको हो। योजनाअनुसार बैंकका ग्राहकले देशभर रहेका सिजी डिजिटल र एलजी लाइफस्टाइलका आउटलेटबाट इलेक्ट्रोनिक सामग्री खरिदमा २० प्रतिशत अग्रिम छुट पाउने भएका छन्। डिजिटल कारोबारमा छुटको व्यवस्थाले बैंकका ग्राहकलाई थप सहज हुने बैंकका खुद्रा कारोबार प्रमुख निरज शर्माले बताए।

यस्तो सुविधा लिन नबिल बैंकको कार्ड आवश्यक पर्नेछ। यो सुविधा सीमित अवधिको लागि दिइएको बैंकले जनाएको छ।

प्रकाशित: १२ माघ २०७९ ०१:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App