१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने पहिलो एयरक्राफ्ट हिमालय एअरलाइन्स्

हिमालय एअरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सफलतापूर्वक अवतरण गरेको छ। एअरलाइन्सको एयरबस ए ३२० (९ एन–एएलभी) ले यही पुस १७ (१ जनवरी, २०२३) मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए) मा प्रदर्शनी उडान सफलतापूर्वक सम्पन्न गरेको हो।

नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए) को उद्घाटन समारोहका लागि अंग्रेजी नयाँवर्षका दिन हिमालय एयरलाइन्सले पहिलो न्यारोबडी एयरक्राफ्टकोे ऐतिहासिक अवतरण गरेको हो। एयरलाइन्सले बिहान १३ः११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) काठमाडौंबाट उडान भरेर १३ः४४ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (पीआईए) मा अवतरण गरेको थियो।  

यसै क्रममा हिमालय एअरलाइन्सको एअरबस ए ३२० – २४१ पोखरामा अवतरण गर्ने पहिलो एअरबस बनेको छ। यो विमान ९ एन– एएलभीलाई पानीको फोहराको सलामी दिई स्वागत गरिएको थियो। विमान १५ः४४ बजे प्रस्थान गरेर १६ः१७ बजे काठमाडौंमा अवतरण गरेको कम्पनीले जनाएको छ।

प्रकाशित: १९ पुस २०७९ ०२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App