जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले एक करोड अमेरिकी डलर डोल्मा फण्ड म्यानेजमेन्ट(डिएफएम) प्रवद्र्धित डोल्मा इम्प्याक्ट फण्ड २ को स्वपुँजी लगानी (प्राइभेट इक्विटी) कोषमा लगानी गर्ने भएको छ।
राजधानीमा मंगलबार आयोजित एक कार्यक्रमबीच जाइकाले डोल्मा इम्प्याक्ट फण्डमा एक करोड डलर लगानी गर्ने प्रतिवद्धता सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ। जाइका नेपालका मुख्य प्रतिनिधि एकिमिस्टु ओकुबु र डोल्मा फण्ड म्यानेजमेन्टका प्रबन्ध निर्देशक विद्यावारिधि सिग्देलबीच मंगलबार समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
जाइकाका सिनियर डेपुटी डाइरेक्टर जनरल जिन वकायसीले जाइकाको लगानी मुख्यतया नेपालमा निजी क्षेत्रद्वारा प्रवद्र्घित स्वास्थ्य सेवा, सूचना÷डिजिटल प्रविधि तथा नवीकरणीय ऊर्जामा काम गर्ने कम्पनीहरूका लागि भएको बताए। जाइकाले उक्त लगानी नेदरल्याण्ड्सको उद्यमशीलता विकास बैंक, बेलायत सरकारको विकास बैंक, स्वीडेन सरकारको विकास वित्तीय संस्था, अमेरिकी सरकारको विकास वित्तीय नियोग र विश्व बैंकको आइएफसीसँगै सहवित्तीयकरणमा लगानी गरेको हो।
डोल्मा फण्ड म्यानेजमेन्टका प्रबन्ध निर्देशक विद्यावारिधि सिग्देलले संस्थाले औद्योगिक विकास, रोजगारी सिर्जना र नवीकरणीय ऊर्जाको विकासलाई बढावा दिने किसिमका कोषको व्यवस्थापन गर्दै आइरहेको बताए।
‘फण्डले नेपालमा नवीकरणीय ऊर्जा परियोजना, सूचना÷डिजिटल प्रविधि कम्पनी र स्वास्थ्य सेवाका कम्पनीहरूमा लगानी गर्नुका साथै प्राविधिक सहयोग समेत उपलब्ध गराउ“दै आएको छ,’ उनले भने ‘फण्डले नेपालको पुँजीबजारको व्यवस्थापन, प्राइभेट इक्विटी क्षेत्रको विकास एवं प्रवद्र्धनमा भूमिका निर्वाह गर्दै आइरहेको छ।’ यस सम्झौतास“गै डोल्मा इम्प्याक्ट फण्डको कूल कोष अमेरिकी डलर ७१।९६ मिलियन पुगेको छ। कार्यक्रमका वक्ताहरूले नेपालमा स्वास्थ्य सेवा, सूचना÷डिजिटल प्रविधि क्षेत्र जस्ता सम्भावनापूर्ण क्षेत्रहरूमा थप लगानी अपरिहार्य छ। प्राकृतिक रूपमै प्रचुर मात्रामा उपलब्ध जलस्रोतको परिचालन गरी जलविद्युत्को उत्पादन गर्न समेत लगानी गर्नु जरुरी रहेको बताएका थिए। नेपालको जलविद्युत् उत्पादनको अनुमानित क्षमता ४२००० मेगावाट रहेकाले नेपालले दक्षिण एशियामै हरित गृह ग्यास उत्सर्जन घटाउन विशेष योगदान दिने विश्वास गरिएको छ। यस किसिमको लगानीले दिगो विकास लक्ष्य विशेष गरी लैगिंक समानता, सस्तो र स्वच्छ ऊर्जा तथा मर्यादित काम र आर्थिक वृद्धि लगायतका लक्ष्य हासिल गर्न सहयोग पुग्ने फण्डले जनाएको छ।
जाइकाले हालसम्म विभिन्न प्राविधिक तथा वित्तीय परियोजनाहरू मार्फत नेपालको औद्योगिक विकास, नवीकरणीय ऊर्जा र लगानी वातावरणको सुधारमा सहयोग गर्दै आएको छ। जाइकाले नेपालमा विद्यमान परियोजना र डोल्मा फण्डका लगानीहरू बीच तालमेल सिर्जना गरी थप सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको छ।
जाइकाले नेपालको निजी क्षेत्रका लागि गरेको यो पहिलो लगानी हो। डोल्मा फण्ड म्यानेजमेन्टले डोल्मा इम्प्याक्ट फण्ड १ र २ मा गरी कुल १०८।५ मिलियन अमेरिकी डलरको पुँजी परिचालन गर्ने छ। फण्डले हाल सम्म ४ नवीकरणीय ऊर्जा, ३ स्वास्थ्य सेवा, ६ सूचना प्रविधि, सय व्यक्तिलाई प्रत्यक्ष रोजगार पाउने जनाएको छ। यसबाट हरेक वर्ष ३ लाख ६९ हजार ९ सय ९६ टन हरित गृह ग्यास उत्सर्जन कम गर्न मदत पुग्ने बताइएको छ ।
प्रकाशित: ७ पुस २०७९ ०३:५८ बिहीबार





