६ माघ २०८२ मंगलबार
image/svg+xml
प्रवास

बर्लिनमा चित्रकला कार्यक्रम

बर्लिन- सार्क राष्ट्रका गौरआवसीय बालबालिकालाई लक्षित ‘पिछडिएका बालबालिको भविष्यको ढोका’ शिर्षकको चित्रकला कार्यक्रम जर्मनीको बर्लिनमा सुरु भएको छ।

४ हप्तासम्म प्रत्येक आइतबार गर्ने गरी आयोजित कार्यक्रम अक्टुबर ११ अर्थात आइतबारदेखि सुरु भएको हो।
जर्मन ह्युमेनिटेरियन इनिसियटिभ फर साउथ एसिया (साथी) र इन्भारोमेन्ट एण्ड टेक्नोलोजी सेन्टर, बर्लिनको आयोजनामा कार्यक्रम सुरु भएको बताइएको छ। 
समाजसेवी कार्ल कफेलको सहयोगमा भएको कार्यक्रमले बालबालिकालाई चित्रकलामा भाग लिन प्रेरणा जगाएको जनाइएको छ। कार्यक्रममा सहभागि बालबालिकाले चार दिनसम्म ढोकाहरुमा पेन्टिङ गर्नेछन्। कार्यक्रमका संयोजक तथा साथीका अध्यक्ष धर्मराज भुषालले पिछडिएका बालबालिकाको सहयोगका लागि यस किसिमको कार्यक्रम नेपालमा पनि आयोजना गरिने बताएका छन्। जर्मन सरकार र साथीका सदस्यहरुले पनि कार्यक्रमलाई सहयोग गरेका छन्।

प्रकाशित: २६ आश्विन २०७१ ०३:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App