२३ पुस २०८२ बुधबार
image/svg+xml
प्रवास

युरोपमा पत्रकार तथा गीतकार क्षेत्रीको सम्झना

बैशाख-कालाकार संघ, पोर्चुगलले पत्रकार तथा गीतकार सूर्यकुमार क्षेत्रीको सम्झनामा श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । क्षेत्रीको १३ औं दिनको पूण्य तिथिमा संघले पोर्चुगलको राजधानी लिस्वोनमा श्रद्धाञ्जलीसभाको आयोजना गरेको हो।लिस्वोनको कल्चरल हाउसमा भएको कार्यक्रममा पोर्चुगलका लागि अबैतनिक बाणिज्य दुत मकरबहादुर हमाल, गैर आवासीय नेपाली संघका अध्यक्ष भिमकमल के.सी.,उपाध्यक्ष सुनिल संगम, गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय परिषद्का सदस्य रमेश गुरुङ, पोर्चुगलमा रहेको स्याङजा समाजका अध्यक्ष दामोदर सुवेदीसहित विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनीधि, पत्रकार, कलाकार, साहित्यकार लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि हमालले कालाकारिता र पत्रकारितामा क्षेत्रीले पुराएको योगदान उच्च रहेको बताए । उनले क्षेत्रीको छोराको पठनपाठनका लागि सबैले ध्यान दिनुपर्नेमा जोड दिए । हमालले भन्नुभन, 'स्वार्गीय क्षेत्रीले गीत संगीत र पत्रकारितामा पुराएको योगदान बास्तवमै उच्च छ उहाँको छोराको पठन पाठनका लागि सक्दो सहयोग गर्न नेपाली कन्सुलेट पोर्चुगल पूर्ण तयार छ ।'

एनआरन अध्यक्ष केसीले क्षेत्रीसँग आफ्नो निकट सम्बन्ध रहेको भन्दै उहाँको निधनले निकै दुःख लागेको बताए । उनले भने,' क्षेत्रीसँग मेरो सम्बन्ध निकट थियो, उहाँको निधनले निकै दुःखी छुँ, अहिले कालाकारिता र पत्रकारिता विकृत बनेको छ, त्यस्तो विकृतका विरुद्ध उहाँ सधै लाग्नु हुन्थ्यो त्यसको अभाव सधै खट्कने छ ।'

कार्यक्रम संयोजक दीपक पौडेल र कलाकार संघका अध्यक्ष दीपक सुवेदीले कला क्षेत्र र पत्रकारिता क्षेत्रमा क्षेत्रीको स्थान सधै उच्च रहने भन्दै उनको छोराको शिक्षा दिक्षाका लागि भविष्यमा सक्दो सहयोगका लागि पहल गर्ने बताए ।

प्रकाशित: २८ वैशाख २०७३ १९:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App