२३ माघ २०८२ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इरानमा विरोध प्रदर्शन : कम्तीमा ३६ जनाको मृत्यु

इरानमा पछिल्ला १० दिनदेखि जारी विरोध प्रदर्शनका क्रममा कम्तीमा ३६ जनाको मृत्यु भइसकेको छ। 

इरानबाहिर आधारित ह्युमन राइट्स एक्टिभिस्ट्स न्यूज एजेन्सी (एचआरएएनए) का अनुसार मृतकमध्ये ३४ जना प्रदर्शनकारी थिए भने दुई जना सुरक्षा निकायसँग सम्बन्धित थिए।

इरानी अधिकारीहरूले अहिलेसम्म मृतकको कुनै आधिकारिक तथ्यांक सार्वजनिक गरेका छैनन्। तर उनीहरूले सुरक्षा बलका तीन जना सदस्य मारिएको बताएका छन्।

बीबीसी फारसीले अहिलेसम्म २० जनाको मृत्यु र उनीहरूको पहिचान पुष्टि गरिसकेको छ। एचआरएएनएका अनुसार हिंसाका क्रममा ६० भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् र २ हजार ७६ जनालाई पक्राउ गरिएको छ।

यी विरोध प्रदर्शनहरू आर्थिक संकटका कारण सुरु भएका थिए। अहिले देशका ३१ मध्ये २७ प्रदेशसम्म फैलिएका छन्। एजेन्सी

प्रकाशित: २३ पुस २०८२ १३:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App