७ माघ २०८२ बुधबार
image/svg+xml
प्रवास

माेहन महर्जन ड्रागन जापानी च्याम्पियनसँग भिड्ने

टाेकियाे— १६ वर्षदेखि जापानमा रहेर मार्सल आर्टस किक बक्सिङ खेलमा स्थापित भएका नेपाली खेलाडी मोहन महर्जन ड्रागन आगामी महिना नयाँ उपाधिका लागि भिड्ने भएका छन्। हालै जापानकै एहिमे राज्यमा भएको किक बक्सिंग प्रतियोगितामा च्याम्पियनसीपको उपाधि हात पारेका मोहनले आगामी महिना टोकियोमा 'विगवान वेल्टरवेट' क्लास जापान नामक उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्।

एहिमे राज्यमा भएको एहिमे मुराकामी फेष्टिवलमा एहिमे राज्यका च्याम्पियनलाई नकआउट गरी उनले उपाधी हात पारेका थिए। जनु ५ मा टोकियो कोतो कुस्थित आरिओके स्टेडियममा हुने प्रतियोगितामा ६७ केजी तौल समुहमा उपाधिका लागि जापानी च्याम्पियन यामागिवासंँग उनको भिडन्त हुनेछ। उपाधि प्रतिस्पर्धाका लागि यसैसाता भएको खेलमा जापानी खेलाडी को लाई पहिलो राउण्डमा ढालेपछि उनी छनौट भएका थिए। यसअघि ६५ केजी तौलमा खेल्दै आएका मोहनले यस वर्षदेखि दुई केजी वेट बढाएर नयाँ उपाधि होडमा लागेका छन्।

जापानको किक वक्सिङ क्षेत्रमा चर्चित उनले मार्सल आर्टको माध्यमबाट जापानमा नेपालको शिर उच्च पार्दै आएका छन्। यस पटक पनि टोकियोमा उनी उपाधि आफ्नो पोल्टामा पारी नेपालको शिर ठाडो पार्ने दाउमा छन्। 'आउँदो प्रतिस्पर्धासँग मेरो भविष्य जोडिएको छ', नागरिकन्यूजसँग भने, 'विश्चच्याम्पियन प्रतियोगितामा नेपालको नामलाई प्रवेश गराउने मेरो सपनाको लागि मैले जितनै पर्छ।'

जुन ५ काे राति ८ बजे मोहनले उपाधिका लागि भिड्ने छन्। कार्यक्रममा सहभागी भई हौसला वढाई दिन उनले जापानबासी नेपाली समक्ष अपिल गरेका छन्। नेपालीको उपस्थितिले आफूलाई उर्जा मिल्ने उनले सुनाए।

प्रकाशित: २७ वैशाख २०७३ ०५:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App