२३ पुस २०८२ बुधबार
image/svg+xml
प्रवास

नेपाली चेली क्यानडामा मिसेस साउथ एसियामा प्रतिस्पर्धा गर्दै

न्युयोर्क-एक नेपाली चेली क्यानडाको टोरोन्टोमा हुन लागेको मिसेस साउथ एसिया क्यानडा प्रतियोगितामा सहभागी हुने तयारीमा जुटेकी छिन् । आठ बर्ष अघि भक्तपुरबाट क्यानडा आएकी सारा मखुची आगामी जुलाई २३ मा हुने सो प्रतियोगितामा सहभागी हुने प्रथम नेपाली महिला हुन् ।

रागा मोडल एण्ड रागा प्रोडक्सनले बर्षेनी आयोजना गर्ने यस प्रतियोगितामा दक्षिण एसियाबाट मात्र सहभागी हुन पाईने छ । प्रतियोगितामा सहभागी हुन लागेकी साराले लामो समयदेखि क्यानडामा फेसन सो, मोडलिङ, डिजाईनिङलगायत कार्यक्रममा भाग लिँदै सफल हुँदै आएकी छिन् । उनले क्यानडामा नै हेयर स्टायलको लाईसेन्स लिएर लामो समयदेखि आफ्नै व्यवसाय पनि चलाउँदै आएकी छिन् ।

सन् २०११ बाट शुरु भएको यस प्रतियोगिताको छैटौ सस्करणमा आईपुग्दा नेपालीको तर्फबाट सहभागी भएको यो पहिलो हो । साराले भन्छिन् ‘म टाईटल जित्ने गरी तयारी गरिरहेकी छु, मैले नेपालीको तर्फबाट पहिलोपल्ट भाग लिन पाएँ एकदम खुसी छु।’

सो प्रतियोगिताको उत्कृष्ठ महत्वपूर्ण अवार्ड पिपुल्स च्वाईस अवार्ड भएकोले त्यसमा जित्नका लागि अनलाईन भोटिडको बढी महत्व हुने हुनाले साराले विश्वभरी छरिएर रहेका सबै नेपालीलाई आफ्नो पक्षमा अनलाईन भोटिडको लागि समेत आग्रह गरेकी छिन् । अनलाईन भोटिडका लागि साराको सारा मखुची फर मिसेस साउथ एसिया २०१६ नामको फेसबुक पेजमा गएर लाईक गर्न सकिने छ ।

दक्षिण एसियाबाट २० जनाले सहभागीता जनाउने सो प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। आयोजक संस्था रागा मोडलले बर्षेनी मिस साउथ एसिया, किड कन्टेष्ट क्यानडा, मिसेस साउथ एसिया, मिस्टर साउथ एसिया र मिस ईण्डिया ग्लोवल क्यानडा जस्ता प्रतियोगिताहरु गर्दै आएको छ ।

प्रकाशित: १४ वैशाख २०७३ २२:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App