२५ पुस २०८२ शुक्रबार
image/svg+xml
प्रवास

कोरियाको चुनावमा ६ सय बढी नेपालीले मतदान गरे

सोल(कोरिया)— हिजो सम्पन्न दक्षिण कोरियाको संसदीय निर्वाचनमा सत्तारूढ सेनुरी दलले हार बेहोर्नु परेको छ । सत्तारूढ सेनुरी दलको यो हार संगै २० बर्ष पछि दक्षिण कोरियामा पहिलो पटक त्रिशंकु संसद निर्माण हुने भएको छ । सत्तारूढ दल नेतृत्वको कार्यशैली प्रती रूष्ट तथा चुनावमा आफ्नै दल भित्रको कलहको कारण उक्त पार्टीले यस्तो हार बेहोर्नु परेको राजनैतिक बिश्लेषकहरूले टिप्पनी गरेका छन्।

३ सय सदस्यिय सांसद मध्ये सेनुरी दलले १२२ सिट,प्रमुख विपक्षी मिन्जो दलले १२३ सिटमा जित हासिल गरेको छ भने पिपुल पार्टीले २८ सिट जितेको छ ।कोरियाली मिडियाले चुनाव अघि गरेका सर्वेक्षणहरूले पनि सत्तारूढ दलले बढिमा १५० सिट जित्न सक्ने भन्दै बहुमत नआउने देखाएको थियो । "हामी जनतमको कदर गर्दै जनताको रोजाईको सम्मान गर्छौं" पार्टीका चुनावी प्रचार प्रवक्ता ह्वाग हवानले सन्चारकर्मीहरूलाई बताए ।

यसपटक १४ हजार मतदान केन्द्रमा जम्मा मतदाताको ५८ प्रतिशत मत खसेको थियो । २०१२ मा ५४.२ प्रतिशत मात्र खसेको थियो । बिदेशमा बस्ने कोरियाली मतदातालाई पनि सम्बन्धित मुलुकमा नै मतदान गर्ने व्यवस्था मिलाईएको थियो । चुनावको जित हारमा उत्तर कोरियाको मुद्दाले प्रभाव नपारेको बताईएको छ । विपक्षी दलले घट्दो रोजगारी,आर्थीक गिरावटलाई मुख्य मुद्दा बनाएर सत्ता पक्षको चर्को बिरोध गर्दै आएको थियो ।

अब राष्ट्रपती पार्कले यस अघि संसदमा पेश गरेको रोजगार सम्बन्धी विधेक, औधोगिक नितीको पुनसंरचना र आप्रवासी समबन्धी विधेक संसदबाट पास गर्न कठिन हुने देखिएको छ । पार्कले पेश गरेका यी विधेकमा विपक्षी मिन्जु दलले विरोध गर्दै आएको छ । विश्लेषकहरूले पार्कका आगामी दिन कठिन हुने र २०१७ मा हुने राष्ट्रपती निर्वाचनमा उनको सत्तारूढ दललाई समेत असर पर्ने बताएका छन् ।

६ सय भन्दा बढी नेपालीले मतदान गरे
हिजो सम्पन्न संसदिय निर्वाचनमा ६ सय भन्दा धेरै नेपाली मुलका कोरियन नागरिकहरूले मतदान गरेको बताईएको छ । नेपाल लगायत अधिकाँश आप्रवासी मतदाताहरूले विपक्षी दलका सांसदहरूलाई मतदान गरेको केबिएस टेलिभिजनको सर्वेक्षणले देखाएको छ ।

आप्रवासी नीतिमा विपक्षी दल आप्रवासीमैत्री देखिंदै आएको छ। उक्त पार्टीले विदेशी नागरिकलाई सुविधा बढाउने पर्ने माग राख्दै आएको छ। उसले अवैधानिक विदेशी नागरिकलाई पनि वैधानिक बनाएर स्वदेश फर्कने अवसर दिन पनि माग गर्दै आएको थियो।

पछिल्लो समय अवैधानिक नेपाली संख्या वृद्धिसँगै कोरियाले नेपालको ईपिएस कोटामा पनि भारी मात्रमा कटौती गरेको छ। आगामी वर्ष ३१ सय नेपाली मात्र कोरिया आउन पाउने भएका छन्। ३१ सय मध्य पनि औधोगिक क्षेत्रतर्फ जम्मा ११ सय र कृर्षि क्षेत्र तर्फ २ हजार नेपाली कामदार लाने बताएको छ। कोरियाले नेपालको कोटा कटौतीसँगै श्रीलंकन कामदारका लागि काेटा बढाएकाे छ।

प्रकाशित: २ वैशाख २०७३ ०१:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App