कोपनहेगेन— नेपाली नयाँ वर्ष २०७२ लाई स्वागत गर्न नेपाली डायस्पोरामा 'नेपाल नाच्छ' कार्यक्रम हुने भएको छ। विश्वका विभिन्न देशमा रहेका नेपालीबीच लोकप्रिय हुदै आएको यस कार्यक्रम गतबर्ष झैँ यस वर्ष पनि सांगीतिक मनोरन्जनात्मक कार्यक्रम मनाउन डेनमार्कको कोपेनहेगनस्थित 'कोपेनहेगन नेपाली गर्ल्स युनियन' सदस्यहरु तयारीमा जुटेका छन्।आयोजक संस्था 'कोपेनहेगन नेपाली गर्ल्स युनियन' की सदस्य प्रिन्सा प्रजापतिका अनुसार टिकट दर १०० डेनिस क्रोनर रखिएको उक्त कार्यक्रम कोपेनहेगन स्थित अस्ट्रेलियन बारमा अप्रिल तिन तारिकमा साझ ७ बजे देखि बिहान ३ बजे सम्म हुने भएको छ।
डिजे बिशाल थकालीले परिकल्पना गरेको यस नेपाल नाच्छ भन्ने कन्सेप्टले 'नेपाल नाच्छ फर अ गुड कज' भन्दै नेपाललाइ चिनाउने र गत बर्षका कमी कमजोरी हटाई नयाँ बर्ष उमंगका साथ बिताउने अठोट गर्दै रातभर खानपिन तथा नाचगान सहित मनाइने गरिएको छ।
'यो बिसुद्ध डान्स पार्टी हो, नाचगान गर्नुस् ड्रेसकोड छैन तापनि नेपाली पोसाक लगाएर आउन अनुरोध गरिएको भन्दै डेनमार्कका चर्चित डिजे प्रविन जंग रानाले नेपाली, हिन्दी, डेनिस तथा अंग्रेजी गीतमा नचाउने छन्', आयोजक प्रजापतिले बताइन |
प्रकाशित: १५ चैत्र २०७२ ०४:४३ सोमबार