coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

मेरो क्षमताले भ्याएसम्म सामाजिक कार्यमा सक्रिय हुन्छुः दिपक नेपाल

सामाजिक अभियन्ता दिपक नेपाल जापानमा सम्मानित भएका छन्। जापानमा रहेर विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएका नेपाललाई जापानको नागोया शहरमा आयोजित नेपाल फेस्टिवलमा सम्मान गरिएको हो।

पूर्व रक्षामन्त्री मिनेन्द्र रिजाल र नागोया शहरका मेयरले अभियन्ता दिपकलाई सम्मान गरेका थिए। 'मेरो निःस्वार्थता र पारदर्शिताको कदर भएको महसुस गरेको छु यो सम्मान जापानबासी एक लाख बढी नेपालीमा समर्पण गर्न चाहन्छु, उनले भने। आफ्नो क्षमता र समयले भ्याएसम्म सामाजिक कार्यमा सक्रिय भैरहने छु।'

स्थायी घर चितवन भएका नेपालले भूकम्प प्रभावित राप्ती-१३, स्याम्राङको राष्ट्रिय आधारभूत विद्यालयलाई विभिन्न समयमा सहयोग जुटाएका थिए। भूकम्पकै समयमा उनले प्रभावित क्षेत्रहरूमा राहत वितरणको काममा पनि सहयोगी भूमिका निर्वाह गरेका थिए।

त्यस्तै, सीमान्तकृत चेपाङ बालबालिकालाई निःशुल्क आवासीय सुविधासहित अध्ययन गराउने उद्देश्यले उनले गामवेशी चेपाङ संरक्षण केन्द्रमार्फत पनि सहयोग प्रदान गर्दै आएका छन्। रत्नननगरमा तेक्वान्दो खेलको प्रशिक्षणका लागि भवन निर्माणमा पनि उनले सहयोग गरेका छन्।

उनले सन् २००८ देखि नै नेपालका विपन्न तथा असहायका लागि सहयोग जुटाउँदै आएका छन्। जापानमा आयोजना हुने नेपाली समुदायका कार्यक्रममा होस् वा जापानी स्थानीय निकायले आयोजना गर्ने कार्यक्रममा होस् उनी निरन्तर सहभागी हुँदै आएका छन्।

प्रकाशित: २२ भाद्र २०७९ १०:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App