७ माघ २०८२ बुधबार
image/svg+xml
प्रवास

जापानमा अमेरिकीभन्दा नेपाली धेरै

टोकियो—अध्ययन, व्यापार र कामका लागि जापानलाई नेपालीहरुले आकर्षक गन्तव्यका मान्दै आएका छन्। यही कारण जापानमा नेपालीको संख्या उल्लेख वृद्धि भइरहेको देखिएको छ।

जापानको न्याय मन्त्रालयको ताजा तथ्याङ्कअनुसार काम र अध्ययनका लागि आउने नेपालीको संख्या करिब ५५ हजार पुगेको छ। गत डिसेम्वर अन्तिमसम्मको तथ्याङ्क सार्वजनिक गर्दै जापानमा बसोबास गर्ने नेपालीको संख्या ५४ हजार ७७५ जना पुगेको मन्त्रालयले जनाएको हो।

नेपालीहरुको यो संख्या जापानमा बसोबास गर्ने विदेशीमध्ये छैटौं हो। अमेरिकालाई पछि पार्दै नेपाल छैटौं स्थानमा उक्लिएको हो। यस अघि सार्वजानिक जनसंख्यामा नेपालीको जनसंख्या सातौं थियो। अमेरिकी छैटौं स्थानमा थिए।

मन्त्रालयका अनुसार हालसम्म सबैभन्दा बढी चिनियाँ छन्। त्यसपछि कोरियन, फिलिपिन्स, ब्राजिलयन र भियतनामी क्रमशः दोस्रोदेखि पाचौं स्थानसम्म छन्। गत जुन महिनासम्मको तथ्यांक अनुसार छैटौं स्थानमा अमेरिकन नागरिक रहेको भए पनि डिसेम्बरसम्म नेपालीको संख्या बढेर छैटौं स्थानमा पुगेको हो।

जुन महिनामा अमेरिकनहरु ५१ हजारको सख्यामा रहेका थिए भने नेपाली ४८ हजार थिए। त्यसयता नेपालीको वृद्धि अनुपात अमेरिकनहरुको भन्दा बढी भएर नेपाल छैटौं स्थानमा पुगेको हो।

नयाँ तथ्याङ्कमा सबैभन्दा धेरै चिनिया नागरिक ६ लाख ६५ हजार ८४७ जना, दोस्रोमा कोरियन ४ लाख ५७ हजार ७७२, फिलिपिनी २ लाख २९ हजार ५९५, ब्राजिलयन एक लाख ७३ हजार ४३७ तथा भियतनामी एक लाख ४६ हजार ९५६ रहेका छन्।

नेपालीहरु गत जुनमा ४८ हजार ४०३ थिए भने अहिले बढेर ५४ हजार ७७५ जना पुगेका हुन्। जापानमा बसोबास गर्ने नेपालीको अनुपातमा अमेरिकनको वृद्धि थोरै भएको देखिएको छ। जुन महिना सम्म बढेर ५२ हजार २७१ जना पुगेका छन्।

यसैगरी ताइवानी ४८ हजार ७२३, पेरुका ४७ हजार ७२१, थाई ४५ हजार ३७९ र अन्य मुलुकका ३३ हजार ९३९ जना रहेको न्याय मन्त्रालयले जनाएको छ।

प्रकाशित: १२ चैत्र २०७२ ०१:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App