आफ्नो संस्कार र जातिय परम्परा नयाँ पिढीलाई जानकारी दिने उदेश्यले जापानमा पहिलो पटक आयोजना गरिएको कार्यक्र दुई चरणमा सम्पन्न गरिएको थियो। पहिलो चरणमा बालिकाहरुको ईहि विवाह कार्यक्रम तथा दोश्रो चरणमा नेवारी झ्व: भ्वय(लप्ते भोज) मा नेवारी परिकारहरु सहितको भोज आयोजना गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि कार्यवाहक राजदूत गेहेन्द्र
राजभण्डारीले बेल विवाहमा सहभागीहरुलाई सम्मान पत्र वितरण गर्नुका साथै नेपालीहरुको मौलिक चाड नयाँ पिढीसम्म पुरयाउन मद्धत पुग्ने भन्दै कार्यक्रम आयोजकलाई धन्यवाद दिए। सय जना भन्दा बढीको सहभागिता रहेको कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने नेवा: अन्तर्राष्ट्रिय फोरम जापानका अध्यक्ष बिगेन्द्रमान सिंह प्रधानले बताए।
बेल विवाहका फाेटाे हेर्नहाेस्


प्रकाशित: ४ फाल्गुन २०७२ २३:४५ मंगलबार





