नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा निर्वाचनका लागि झापा–५बाट एकल सिफारिस भएका छन्। शनिवार बसेको एमाले क्षेत्रीय समन्वय समितिको बैठकले प्रत्यक्षतर्फ ओलीको नाम सर्वसम्मत सिफारिस गरेको हो। एमाले सचिव महेश बस्नेतले ओली झापा–५ बाट एकल सिफारिस भएको विषय फेसबुकबाटै सार्वजनिक गरेका छन्।
उता केही दिन अघि रास्वपा प्रवेश गरेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन) झापा–५ मा गएर ओलीसँग चुनाव लड्ने चाहनामा रहेका समाचार बाहिरिएका थिए।
रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिने प्रचार गरिएका बालेनले ‘ओलीलाई उनकै क्षेत्रमा गएर रोकेर आउन सके मज्जा आउने’ भनेर निकटस्थसँग बताउने गरेको समाचारमा उल्लेख थियो।
तर, पछिल्लो समय बालेन त्यतातिर ध्यान नदिएको देखिन्छ। उनी काठमाडौं–२ मै लड्नेबारे सोचिरहेको बताइन्छ।
प्रकाशित: १९ पुस २०८२ १५:४३ शनिबार





