१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

एमाले उम्मेदवारले प्रयोग गरेका चुनावी अभियानका गाडीमा तरुण दलको तोडफोड

नेकपा एमाले कास्की क्षेत्र नम्बर १ का उम्मेदवार वैनबहादुर अधिकारी क्षेत्रीको चुनावी अभियानमा प्रयोग भएको दुई वटा गाडीमा ढुंगा प्रहार भएको छ ।  

आफ्नो चुनावी अभियानका क्रममा मादी–११ उपल्लो साप्लेमा कार्यक्रम भइरहँदा तरुण दल सम्बद्ध युवाहरुले ग.४ च.१०१५ र बा.९ च.८९ नम्बरको दुई वटा कारमा ढुंगा प्रहार गरेको उम्मेदवार अधिकारीले बताए । उनका अनुसार स्थानीय तरुण दलका नेता रिदम गुरुङलगायतका चार जनाको समूहले गाडीमा तोडफोड गरेका हुन् ।

चुनावी अभियानमा सहभागी हुन पोखरा पव्लिक स्कुलका फाउण्डर कृष्ण केसीलगायत चढेर गएको गाडी पार्किङमा राखेको बेला कांग्रेसको हवाला दिँदै गाडीमा प्रहार गरेको एमाले मादी गाउँपालिका अध्यक्ष सुवास सापकोटाले बताए । उनका अनुसार गाडीका सिसाहरु फुटेका छन् भने ढोकामासमेत क्षती पुगेको छ ।

उम्मेदवार अधिकारीले दोषीमाथि कडा कारवाही गर्न माग गरेका छन् । घटनाबाट आफू कत्तिपनि विचलित नभएको बताउँदै उनले भने, ‘केही आवारा तरुण दलका कार्यकर्ताले आक्रमण गर्दैमा डराउने मान्छे होईन म । तर सुरक्षा चुनौती देखापरेको छ । राज्यले तुरुन्त पक्राउ गरेर उनीहरुलाई कारवाही गरोस् ।’

प्रकाशित: १४ फाल्गुन २०८२ १४:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App