२१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको दिन पनि आन्तरिक तथा वाह्य हवाई उडान यथावत सञ्चालन हुने भएको छ।
निर्वाचन आयोगले निर्वाचन सुरक्षा तथा मतदान प्रक्रियामा आवश्यक सहजीकरणको सम्बन्धमा सो निर्णय गरेको हो।
निर्वाचन आयोगले मतदानको दिन विमानस्थलबाट फर्कदा गन्तब्यसम्म एयरलाइन्सले उपलब्ध गराएको सवारी साधन प्रयोग गर्न दिने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई भनेको छ।
यसअघि निर्वाचनको दिन आन्तरिक उडान बन्द गर्ने प्रचलन थियो।
प्रकाशित: १४ फाल्गुन २०८२ १४:१९ बिहीबार


-600x400.jpg)


