२७ पुस २०८२ आइतबार
image/svg+xml
प्रवास

पर्वत सेवा समाज इजरायलमा सुवेदी

काठमाडौं- बैदेशिक रोजगारीको सिलसिलामा इजरायलमा रहेका पर्वतवासीहरुको संगठन पर्वत सेवा समाजको अध्यक्षमा अनिरुद्र सु्वेदी चयन भएका छन्। समाजको प्रथम बार्षिक उत्सव तथा भेलाले सुवेदीको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।समाजको बरिष्ठ उपाध्यक्ष अर्जुन पौडेल गाउँले, उपाध्यक्ष नरेन्द्र क्षेत्रि, महासचिब दिया चापागाई तिवारी, सचिब दिपक क्षेत्री, कोषाध्यक्ष हिरा देवी श्रेष्ठ र सह कोषाध्यक्ष शान्ता सुबेदी चयन भएका छन। यसैगरी सदस्यहरुमा कुसुम कुमाल, साबित्री गौडेल, नारायण गौडेल, राधा जोशी, सुशिला हमाल, निर्मला सुवेदी, कोपिला भुसाल र गायत्री रेग्मी छन्। समाजको सल्लाहकारमा एक नारायण सुवेदी,  र कृष्ण लम्साल रहेका छन्। यस्तै साधारण सदस्यमा डिक बहादुर गुरुङ, ओबी भुसाल, राजेन्द्र लामिछाने,रमा जोशी, हिमाली गुरुङ, माया भुसाल, जमुना गुरुङ ,देवी शर्मा, मन्जु गुरुङ र चन्द्र पुन रहेको समाजका अध्यक्ष सुवेदीले जानकारी दिए।

कार्यक्रम इजरायलका लागि नेपाली राजदुत प्रल्हाद कुमार प्रसाइको प्रमुख आतिथ्यता तथा अध्यक्ष भोजराज क्षेत्रीको सभापतित्वमा सम्पन्न भएको थियो।

प्रकाशित: ५ माघ २०७२ २२:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App