२५ पुस २०८२ शुक्रबार
image/svg+xml
प्रवास

लामिछाने गरे २० लाख सहयोग

लन्डन- नवलपरासीको गैँडाकोटमा अवस्थित मौलाकालिका मन्दिरलाई बेलायतबाट एक व्यवसायीले लाखौँको सहयोग गरेका छन् । मौलाकाली मन्दिरको भौतिक पूर्वाधार निर्माणका लागि बेलायतमा व्यवसाय गर्ने युवा व्यवसायी रविजंग लामिछानेले २० लाख ५० हजार बराबरको सहयोग गरेका हुन् ।


मन्दिरमा आउने श्रद्धालु भक्तजनहरुलाई खाद्यान्नको उचित व्यवस्थापनका लागि लामिछानेले स्वर्गीय पिता चन्द्रजंग लामिछानेको स्मृतिमा चन्दे्रश्वर भोजनालय निर्माणका लागि १० लाख नगद प्रदान गरेका छन् । सोमबार एक कार्यक्रमको आयोजना गरि लामिछानेले प्रदान गरेको चेक धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका आर्थिक व्यवस्थापन उप–समिति सदस्य मिना महत मार्फत कार्यसमिति अध्यक्ष विष्णुहरि रिमाललाई हस्तान्तरण गरिएको छ । भोजनालय भने अहिले निर्माणको क्रममा रहेको छ ।

मन्दिरको द्वार निर्माणका लागि अघिल्लो वर्ष ५० हजार प्रदान गरेका लामिछानेले खानेपानी व्यवस्थापनको लागि दिएको १० लाख रकमबाट मन्दिरमा चौमुखे धारा निर्माण गरी सञ्चालनमा आएको छ ।

पर्वतमा जन्मेर बेलायतमा व्यवसाय गर्ने लामिछानेले जन्मस्थान पर्वतमा नै रविचन्द्र ट्रष्ट मार्फत कम्तिमा ४० दलित, अनाथ, अशक्त–अपाङ्ग, आर्थिक अवस्था कमजोर भएका, जेहेन्दार बालबलाकिालाई निशुल्क शिक्षा प्रदान गर्ने घोषणा गर्दै सो अनुरुप कार्य अगाडि बढिसकेको बताएका छन् ।

सामाजिक सेवामा सक्रिय लामिछानेले गत वैशाख १२ गतेको महाविनाशकारी भूकम्पले पुर्याएको क्षतिको पुर्नस्थापना तथा पुर्ननिर्माणका लागि व्यक्तिगत रुपमा प्रधानमन्त्री राहत कोषमा ५१ लाख नगद प्रदान गरेका थिए। अघिल्लो वर्ष सिन्धुपाल्चोकको जुरेमा पहिरोमा पुरिएर ज्यान गुमाएका तथा घरवार विहिन भएकाहरुलाई राहत स्वरुप ५ लाख उपलब्ध गराएका थिए ।

प्रकाशित: १४ पुस २०७२ ०५:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App