१३ पुस २०८२ आइतबार
image/svg+xml
प्रवास

एनआरएन अध्यक्ष घलेलाई मानार्थ विद्यावारिधी

काठमाडौं— गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेलाई अष्ट्रेलियाको फेडेरेसन विश्वविद्यालयले मानार्थ विद्यावारिधी प्रदान गरेको छ। अष्ट्रेलियाको उच्च शिक्षा र सम्पदा संरक्षणमा पुर्यालएको योगदान तथा नेपालमा पुर्यायएको सेवाको गर्दै घलेलाई यो उपाधि प्रदान गरिएको विश्वविद्यालयले जनाएको छ।

बुधबार साँझ विश्वविद्यालयमा आयोजित दीक्षान्त समारोहमा अध्यक्ष घलेलाई मानार्थ विद्यावारिधीको उपाधि प्रदान गरिएको हो। विश्वविद्यालयले घलेलाई गत मे ६ तारिखमा उपाधि प्रदान गर्ने तालिका तय गरेको थियो। त्यतिबेला अध्यक्ष घले भूकम्प पीडितलाई राहत प्रदान गर्न नेपालमा ब्यस्त रहेकाले समारोह स्थगित गरी डिसेम्बरका लागि सारिएको थियो।

अध्यक्ष घले र उनकी पत्नी जमुना गुरुङ मिलेर अष्ट्रेलियाको मेलवर्न र सिड्नीमा मेलवर्न इस्टिच्यूट अफ टेक्नोलोजी (एमआईटी) संचालन गर्दै आएका छन्। एमआइटीमा विभिन्न देशका करिब ३ विद्यार्थी अध्ययनरत छन्। एमआईटीले टेलिकम्युनिकेसन तथा मोवाइल प्रविधि, नेटवर्क सेक्युरिटी, बिजनेसमा डिग्री प्रदान गर्दछ।
ghale

विद्यावारिधी उपाधि ग्रहण कायर्यक्रममा घले

घले दम्पत्तिले एमआईटी ग्रुप होल्डिङमार्फत् भिक्टोरियाका ऐतिहासिक महत्वका पुराना भवन खरिद गरी ती भवनलाई जिर्डोद्धार गरेर संरक्षण गर्ने काम गरिरहेका छन्। मेलनवर्नको ऐतिहासिक र पुरानो सम्पदा मानिने 'अर्गस' भवन खरिद गरी त्यसको बाहिरी संरचनालाई पूर्व डिजाइनअनुसार निर्माण गरी भित्री संरचनालाई करिव ६ करोड ५० लाख अष्ट्रेलियन डलर (करिव ५ अर्ब रुपैयाँ) खर्च गरी आधुनिकिकरण गरिएको छ।

सन् १९२० मा बनेको यो भवन सन् १९५७ यता प्रयोगविहीन थियो। त्यसलाई आधुनिकीकरण गरेर घले दम्पत्तिले एमआईटी कलेज संचालन गर्दै आएका छन्। ब्यापारिक हितमात्र नहेरी सम्पदा संरक्षणमा योगदान दिएको भन्दै यसअघि घले दम्पत्तिको कामले मेलवर्नका जनता र स्थानीय प्रसासनबाट प्रशंसा पाएको थियो।

अष्ट्रेलियाको धनाढ्यको सूचीमा ९९ औं नम्बरमा रहेका घले र उनकी पत्नी जमुना एमआईटी ग्रुप फाउण्डेसनमार्फत् नेपालमा स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्नेगरी एक अर्बको परोपकारी कोष स्थापना गरेका छन्।

प्रकाशित: २४ मंसिर २०७२ ०६:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App