उनले आफ्नो पत्रमा हालसालै सयुक्त राष्ट्र संघले नेपालले भोगी रहेको डरलाग्दो मानवीय संकटको बारेमा चेतावनी दिएको कुराको संस्मरण गराएका छन्। उनले पत्रमा नेपाल भूकम्पले आक्रान्त भएर त्यसबाट मुक्त हुन नपाउँदै हाल आएर खान पकाउने इन्धन, खानेकुरा, ओखतिको चरम अभाव हुनु दुःखद बताएका छन्। राजनैतिक झगडाको कारण हुन् गएको र विद्यालय बन्द,जनजीवनको कठिनाइ जस्ता बिषय तुरुन्तै समाधान गर्नुपर्ने कुरामा जोड दिएका छन्।
तराई क्षेत्रमा झन्डै १५ लाख बालबालिका विद्यालय जानबाट बन्चित भएको सयुक्त राष्ट्र संघ बालकोषले जारी गरेको विवरणसमेत उद्धृत रहेको उनको पत्रमा उल्लेख छ। उनले नेपाली युवाहरु नेपालको भबिस्य निर्माण गर्ने काममा अहम भूमिका निर्वाह गर्ने छन् भनि बताएका छन्।
उनले नेपालको संसदमा पुनर्निर्माणमा सहयोग गर्ने हेतुले नेपाल पुनर्निर्माण कानुनको सुरुवात गरिसकेको बताएका छन्। आफू र सिनेटर मार्क किर्क नेपालको पुनर्संरचना, बिद्यालय, बाटोघाटो तथा भविष्यमा प्राकृतिक प्रकोपबाट अपनाउनु पर्ने साबधान सम्बन्धि समर्थन गर्ने र सहयोग गर्ने बताएका छन्।
उक्त पत्र यहाँ भएको बिरोध जुलुस कार्यक्रममा भर्जिनिया राज्यका लाउडन काउन्टीका डलस जिल्लाका डेमोक्राटिक दलका सभापति हरि शर्माले पढेर सुनाएका थिए। बेन्जामिन म्यारिल्याण्ड राज्यका डेमोक्राटिक दलका एक वरिष्ट सिनेटर हुन्।
प्रकाशित: ८ मंसिर २०७२ ००:५९ मंगलबार





