७ माघ २०८२ बुधबार
image/svg+xml
प्रवास

जापनमा नेपालीको मृत्यु

टोकियो— जापानको राजधानी टोकियो नजिकैको सहर गुन्माकेनमा काम गर्दै आएका एक नेपालीको ज्यान गएको छ। दुई वर्षअघि जापान आएका गुल्मी रुपाकोटका रमेश भण्डारीको १९ नोभेम्बरमा निधन भएको हो।उनी स्थानीय पानस रेष्टुराँमा काम गर्दै आएका थिए।

बिहान उठेर नुवाइधुवाइ गरेपछि टाउको दुख्यो भन्दै आफ्नो ओछ्यानमा सुतेका उनी काममा जाने समय हुँदा पनि नउठेपछि साथीहरु बोलाउन गएका थिए। साथीहरु पुग्दा उनी बेहोस पाएपछि तत्कालै अस्पताल पु¥याइएको थियो।

उपचारका क्रममा बिहीबार दिउसो २ः४८ बजे उनको मृत्यु भएको एनआरउन गुङ्बाका संयोजक महेश्वर रिसालले जानकारी दिए।

चिकित्सकले उनलाई हृदयघात भएको बताएका छन्।

प्रकाशित: ४ मंसिर २०७२ ००:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App