७ माघ २०८२ बुधबार
image/svg+xml
प्रवास

पुनःनिर्माणमा सहकार्यका लागि एनआरएन - युएसएडबीच छलफल

काठमाडाैं-गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले अमेरिकी सहयोग नियोग (युएसएड)का अधिकारीहरुसँग भूकम्पपछि ध्वस्त भएका संरचनाको पुनःनिर्माणका सम्भावना र अबसरबारे छलफल गरेका छन्।

हाल नेपाल भ्रमणमा रहेको युएसएडको विज्ञ समूहसँग अध्यक्ष घलेले बुधबार काठमाडाैंमा छलफल गरेका हुन्। पुनःनिर्माणमा निजीक्षेत्रसँग सहकार्यको अबसरबारे अध्ययन गर्न टोली नेपाल आएको हो।

छलफलका क्रममा अध्यक्ष घलेले गैरआवासीय नेपाली संघको आगामी दुई वर्षको प्राथमिकता पुनःनिर्माण नै रहने जानकारी दिएका थिए। पुनःनिर्माण गरिने गाउँहरुमा स्वास्थ्य, शिक्षा, आयआर्जन तथा दिगो विकाशका लागि समेत काम गर्ने योजना रहेको भन्दै उनले यो कार्यका लागि अन्य संस्थाहरुसँग पनि सहयकार्य गर्न सकिने उल्लेख गरे।

युएस ग्लोबल डेभलपमेन्ट ल्याबका बरिष्ठ सल्लाहकार एभरी ओलेटले ठूलो संख्यामा नेपालीहरु विदेशमा निर्माण उद्योगमा काम गरी सीप हाँसिल गरेको हुँदा उनीहरुको सीप नेपालको पुनःनिर्माणमा सहयोगी हुनसक्ने बताएका थिए।

अध्यक्ष घलेले गैरआवासीय नेपालीहरुको पेशा र विशेषज्ञताको रेकर्ड राख्ने योजना बनाइरहेको बताउँदै एशिया फाउण्डेसनको सहयोगमा बनाउन लागिएको मोबाइल एपलेपनि त्यसमा सहयोग गर्ने उल्लेख गरे। गैरआवासीय नेपालीहरु बिदेशमा आर्जित सीप र पूँजीसमेत नेपालमा लगानी गरिरहेको र नयाँ संविधानमार्फत् सुनिश्चित गरिएको गैरआवासीय नेपाली नागरिकताको प्राबधानले नयाँ पुस्ताका गैरआवासीय नेपालीलाई नेपालमा आकर्षित गर्न प्रोत्साहन मिलेको उनले जनाए।


प्रकाशित: १४ आश्विन २०७२ १०:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App