अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज युरोपको सम्मेलनमा भाग लिन बेल्जियम आएका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय सल्लाहकार तथा विधान संशोधन समितिका संयोजक वरिष्ठ समालोचक प्रा. खगेन्द्रप्रसाद लुइँटेलको डेनमार्क भ्रमणको अवसर पारेर च्याप्टर गठन भएको हो। समालोचक लुइँटेलकै प्रमुख आतिथ्यमा सम्पन्न साहित्यप्रेमीको भेलाले ७ सदस्यीय कार्यसमिति सर्वसम्मतिबाट चयन गरेको हो।
कार्यसमितिको उपाध्यक्षमा नारायण नगरकोटी, महासचिवमा रमेश घिमिरे, कोषाध्यक्षमा संगीता भण्डारी र सदस्यहरुमा विद्या त्रिपाठी, निरज सिलवाल र पंकज चन्द छन्।
सो अवसरमा बोल्दै लुइँटेलले नेपाली कृति विश्व साहित्यमा चिनाउन विदेशमा बस्ने नेपालीको ठूलो हात रहेको बताउँदै अब प्रबासी नेपालीले साहित्य सिर्जनाबाट समेत आफ्नो पहिचान बनाउनु पर्ने बताए उनले प्रवासमा रहेकाहरुले अब नेपाली साहित्यमा कलम चलाउनुपर्ने सुझाउँदै फुर्सदा साहित्यिक सिर्जनाहरु एकअर्काबीच सुनाउन आग्रह गरे।
सो अवसरमा अनेसास डेनमार्कले नेपाली भाषा साहित्यको विकास र अन्तर्राष्ट्रियकरणको लागि आगामी दिनमा विभिन्न साहित्यिक कार्यक्रमहरुको आयोजना गर्ने निर्णय समेत गरेको छ ।
कार्यक्रममा च्याप्टरका तर्फबाट लुइँटेललाई खादा लगाएर सम्मान गरिएको थियो । लुइँटेलले डेनमार्कमा भएको नेपाली खुला पुस्तकालयको प्रशंसा गर्दै आफूले लेखेका केही पुस्तक पुस्तकालयलाई हस्तान्तरण गरे । कार्यक्रममा उपस्थित सर्जकहरुले कविता वाचन गरेका थिए ।
प्रकाशित: १२ भाद्र २०७२ ०६:३० शनिबार





