७ माघ २०८२ बुधबार
image/svg+xml
प्रवास

सुनारलाई हङकङ 'चीफ एक्जिक्युटिभ' सम्मान

हङकङ–हङकङको नेपाली समुदायसमासक्रिय अशोक कुमार गहतराज सुनार हङकङ सरकारको 'चीफ एक्जिक्युटिभ कमेण्डेशन फर कम्युनिटी सर्भिस' बाट सम्मानित भएका छन्। १९ वर्षदेखि हङकङमा बस्दै आएका रुपन्देही भैरहवाका ४३ वर्षीय सुनार हङकङ नेपाली अल्पसंख्यक संगठनको अध्यक्ष हुन्।हङकङ चीनमा पुनःएकीकरण भएको १८ औँ वर्षगाँठको अवसर पारेर जुलाई १ मा सरकारले सुनारसहित विभिन्न क्षेत्रमा योगदान गरेका दुई सय ९८ जनालाई सम्मान र अवार्ड दिइने बुधबार सूचनापत्रमा जनाएको छ। चीनको 'नेशनल डे' अक्टोबर १ मा हङकङका कार्यकारी प्रमुखले सम्मान र अवार्ड प्रदान गर्नेछन्।हङकङको सामुदायिक सेवामा सक्रिय व्यक्तिहरूलाई दिइने 'चीफ एक्जिक्युटिभ कमेण्डेशन फर कम्युनिटी सर्भिस' सम्मान यसवर्ष ६६ जनाले पाएका छन्। सरकारबाट प्रायः हरेक वर्ष एक जना नेपाली सम्मानित हुँदै आएकोमा पहिलो पटक दलित समुदायकासुनारले पाएका हुन्। यसअघि सात जना नेपालीले यो सम्मान पाइसकेका छन् भने दुई जनाले 'मेडल अफ अनर' पाएका छन्।
Ashok Sunar
'नेपालमा जसरी म दलित अभियानमा सक्रिय थिएँ, हङकङ आएपछि पनि झण्डै १५ वर्षदेखि सामाजिक काममा सक्रिय छु', सुनारले भने, 'हङकङ सरकारको सम्मानले मेरो सामाजिक काममा अझै गति थप्ने छ। 'हङकङ सरकारको 'जातीय सद्भाव प्रवर्द्धन कमिटी' मा रहेर दुई वर्ष काम गरेका सुनार सरकारको सहयोगमा सञ्चालन हुने 'नेपाली समुदाय सहयोग टिम' मा झण्डै दश वर्षदेखि सक्रिय छन्। सुनार हङकङको सरकार समर्थक राजनीतिक पार्टी डिएबिको 'अल्पसंख्यक कमिटी' सदस्य थिए।

काठमाडौँस्थित नेपाल ल क्याम्पसमा अध्ययन गर्ने क्रममा २०४६ सालदेखि नै स्वतन्त्र रुपमा दलित मुक्ति अभियानमा सक्रिय अशोक सुनार नेपालका रजिस्टर्ड अधिवक्ता हुन्। एक वर्ष रुपन्देही जिल्ला अदालतमा अधिवक्ताका रुपमा सक्रिय भएपछि हङकङ आएका सुनार अहिले यहाँ 'रजिस्टर्ड लयर' हुने तयारीमा हङकङ युनिभर्सिटि अन्तर्गत म्यान्चेष्टर युनिभर्सिटिको डिप्लोमा कोर्ष 'कमन ल एण्ड हङकङ ल सिस्टम' अध्ययनरत छन्। सुनार अध्यक्ष रहेको हङकङ नेपाली अल्पसंख्यक संगठनले भूकम्पपछि करिब साढे चार लाख राहत संकलन गरी पर्वतका दुई वटा गाविसका दलित समुदायमा वितरण गरेको थियो।

प्रकाशित: १६ असार २०७२ ०२:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App