७ माघ २०८२ बुधबार
image/svg+xml
प्रवास

नेपाली प्राध्यापक बेलायतको युनिभर्सिटीमा डिन

लन्डन— अनुसन्धानका लागि ख्याती कमाएको बेलायतको लिभरपुल जोनमोर्स युनिभर्सिटीको एसोसिएट डिनमा नेपाली प्राध्यापक पदम सिम्खडा नियुक्त भएका छन्। प्रजनन् तथा यौन स्वास्थ्य, बसाइँसराई र मातृशिशु बिषयमा दक्खल राख्ने सिम्खडालाई युनिभर्सिटीको मंगलवार बसेको बैठकले डिनमा नियुक्त गरेको हो।

लामो अनुभव नै छनोटको आधार भएको सिम्खडाले बताए। 'नियुक्तिले मलाई शिक्षाको क्षेत्रमा काम गर्न थप हौसला मिलेको छ', सिम्खडाले भने, 'युनिर्भसिटीको ब्यवस्थापनलाई अझ सशक्त बनाउने प्रयत्न गर्नेछु।'

२१ जना प्राध्यापकहरुलाई उछिनेर सिम्खडा डिन बनेका हुन्। आगामी १ अगष्टदेखि सिम्खडा उक्त विश्वविद्यालयको शिक्षा र सामुदायिक स्वास्थ्य संकायको एसोसिएट डिनको कार्यभार समाल्ने छन्। २५ हजार विद्यार्थी अध्ययनरत सो युनिर्भसिटीमा उनले सम्हालेको संकायमा ६ हजार विद्यार्थी अध्ययनरत छन्।

simkhada

पदम सिम्खडा

यसअघि सेभ द चिल्ड्रेन र स्वास्थ्य मन्त्रालयमा कार्यरत सिम्खडा पोखरा विश्वविद्यालय अन्तर्गतको नोबेल कलेज र त्रिभुवन विश्वविद्यालय अन्तर्गतको मनमोहन मेमोरियल इन्सिट्च्युटमा भिजिटिङ प्रोफेसरका रुपमा काम गरेका थिए। उनीसँग अमेरिका, अफ्रिका, नाइजेरियालगायतका देशमा काम गरेको अनुभव पनि छ।

ग्रामीण महिला स्वास्थ्यका क्षेत्रमा काम गर्ने ग्रीनतारा ट्रस्ट बेलायत र नेपाल संस्थासँग उनी आबद्ध छन्। यसअघि उनले ग्लोवल हेल्थसम्बन्धी अन्तर्राष्ट्रिय पुरस्कारसमेत पाएका थिए।

प्रकाशित: १५ असार २०७२ ०३:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App