७ माघ २०८२ बुधबार
image/svg+xml
प्रवास

दुई महिनाअघि बिहे गरेका नेपाली युवाद्वारा कोरियामा आत्महत्या

दक्षिण कोरिया— दुई महिना अगाडि मात्र विवाह बन्धनमा बाँधिएर रोजगारीका लागि दक्षिण कोरिया आएका एक युवकले आत्महत्या गरेका छन्। मकवानपुर पालुङ घर भएका सचिन श्रेष्ठ, ३० ले आत्महत्या गरेका हुन्।

 

उनी कोरियाको इन्छनस्थित एक फलाम कम्पनी काम गर्दै आएका थिए। गएराति कम्पनीभित्रै उनले आत्महत्या गरेको हुन्। ६ वर्षदेखि उनी सोही कम्पनीमा काम गर्दै आएका थिए। दुई महिना अघि नेपाल गएर विवाह गरी उनी काममा फर्किएका थिए।

आत्महत्याको कारण खुल्न नसकेको उनका सहकर्मीले बताए। कोरियन प्रहरीले उनको शवलाई पोस्टमार्टमका लागि अस्पताल लगेको छ।

प्रकाशित: १३ असार २०७२ ०४:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App