आइतवार लन्डनमा आयोजित पत्रकार सम्मेलनमार्फत् जुन २८ तारिख, आइतवार साँझ हुने सो कार्यक्रममा गायक दीप श्रेष्ठ, ओमविक्रम विष्ट, योगेश्वर अमात्य, दीपक थापामगर, जेम्स प्रधान, सुजील कर्मचार्य, तृष्णा गुरुङलगायतको प्रस्तुति दिने जानकारी जनाइएको छ।
हेल्प नेपाल नेटवर्क यूकेसँगको सहकार्यमा आयोजना हुन लागेको सो कार्यक्रममा उठेको रकम भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणमा खर्च गरिने नेटवर्कका कोषाध्यक्ष सचिन श्रेष्ठले जानकारी गराए।
परोपकारी कार्यको लागि संकलित रकमको कुनै पनि हिस्सामा प्रशासनिक लगायत अतिरिक्त खर्च कटौती नहुने हुनाले सम्पूर्ण रकम पुनर्निर्माणमा लगाइने श्रेष्ठले दाबी गरे।
विश्व प्रसिद्ध संगीतकर्मीहरुको समेत सपना बनेको रोयल अलबर्ट हलमा हुने सांगीतिक कार्यक्रम अस्मरणीय तथा मनोरञ्जनात्मक हुने कार्यक्रमका परिकल्पनाकार योगेश्वोर अमात्यले बताए। हलको मापदण्डका कारण लिनलाई नै मुस्किल भएको पछि आफूले विश्वस्त पारेको उनले बताए।
लण्डनस्थित विश्व प्रख्यात रोयल अलबर्ट हल
'जब सन्ध्या हुन्छ, दिल मेरो घबराउँछ' गायक योगेश्वर अमात्यले आफूले ३ वटा गीत गाउने जनाकारी दिए। साङ्गीतिक कार्यक्रममा गायकद्वय दीप श्रेष्ठ र ओमविक्रम बिष्टको अहिलेको भन्दा छुट्टै र विशेष प्रस्तुति रहनेछ।
एक सय ४४ वर्ष पुरानो रोयल अल्बर्ट हलको करिब ८ हजार सिट क्षमता छ। नेपाली सांगीतिक प्रस्तुतिका लागि ३ हजार ९ सय २९ सिट मात्र प्रयोगमा आउने पत्रकार सम्मेलनमा जानकारी दिइयो। छिट्टै अनलाइनमार्फत् टिकट बुकिङ खुल्ला गरिने आयोजकले बताएका छन्।
पत्रकार सम्मेलनमा एनआरएन यूकेका पूर्वअध्यक्ष कूल आचार्य, पत्रकार भगिरथ योगी, प्रसिद्ध प्रधान, मोनिका श्रेष्ठ लगायतले कार्यक्रमका विभिन्न पक्षमा बोलेका थिए।
प्रकाशित: १८ जेष्ठ २०७२ ०४:०६ सोमबार





