डिइसीमा बेलायतस्थित रेडक्रम, सेभ द चिल्डेन, अक्सफाम, एजइन्टरनेन्नस, पलानलगायत १३ वटा परोपकारी संस्था आबद्ध छन् । डिइसीमार्फत् बेलायती महारानी एलिजावेद, राजकुमार चाल्र्स र विलियमले समेत सहयोगका लागि अपील गरेका छन् । यसअघि बेलायत सरकारले ६० करोड रुपैयाँ दिने घोषणा गरेको थियो ।
बेलायतस्थित नेपाली दूतावासका अनुसार भारतीय मुलका बेलायती धनाढ्य मुकेशकुमार सेगालले भूकम्प प्रभावित गाउँमा एक हजार नयाँ घर बनाइदिने प्रतिबद्धता जनाएका छन् । बिल्डिङ टेक्नोलोजी सम्वन्धी बहुराष्ट्रिय कम्पनी सिस्मोका प्रवन्ध निर्देशक सेगालले बेलायतका लागि कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीलाई गतसाता लन्डनस्थित नेपाली दूतावासमा भेटी उक्त प्रस्ताव गरेका हुन् ।
यसअघि इन्डोनेशियाका अर्का धनाढ्य श्रीप्रकाश लोहियाले नेपालको पुनः निर्माणमा तत्काल दुई सय घर निमार्ण गरिदिने प्रतिबद्धता गरेका थिए । उनले बेलायतस्थित नेपाली ब्यवसायी कमल भण्डारी र कार्यबाहक राजदूत तेजबहादूर क्षेत्रीसँग गतसाता आफ्नै कार्यालयमा बिशेष भेटघाट मिलाएर लोहिया फोउन्डेसनको सक्रियता ती घरहरुको निमार्ण गरिदिने बचन दिएका छन् । उनले फोउन्डेसनसँग विज्ञ समूह भएको जानकारी दिदै नेपालका भूकम्प पीडितका लागि ३ महिनाभित्र घर निमार्ण गर्न सकिने बताएको लोहियालाई उदृत गर्दै कार्यवाहक राजदूत क्षेत्रीले जानकारी दिए ।
क्षेत्रीले बेलायतस्थित बिभिन्न संघसंस्थाले भूकम्प पीडित क्षेत्रको पुनर्निमार्णमा इच्छा देखाएको जानकारी दिँदै सरकारले तत्काल पूर्ननिर्माणका लागि प्याकेजमा कामको थालनी गर्नुपर्ने बताए । उनले भने, 'मैले पराष्ट्र मन्त्रालयलाई सम्पूर्ण जानकारी दिइसकेको छु अहिले राहत र उद्धारको काम भइरहेको छ । जब पुनर्निमार्णको कामको थालनी हुन्छ, त्यसपछि घर निर्माणका लागि इच्छुक सबैलाई भूकम्प पीडित क्षेत्रमा पुनर्निमार्णमा लगाइने छ ।'
लन्डनस्थित नेपाली दूतवासबासले दूतावासभित्र छुट्टै हेल्प डेक्स सञ्चालन गरेको छ । नेपाली समुदायबाट पनि ठूलो मात्रामा नगद र राहत सामग्री संकलन भइरहेको हेल्प डेक्स संयोजक डमर घले बताए । घलेका अनुसार दूतावासमा सँकलन भएको करिब ३ टन राहत सामग्री नेपाल पुगिसकेको छ ।
नेपलिज नर्सिङ एसोसियनको १६ जनाको समूहले अहिले काभ्रे, नुवाकोट र गोर्खाका भूकम्प पीडित क्षेत्रमा काम गरिरहेको छ । यस्तै नेपलिज डाक्टर एसोसियनको २१ जनाको समूह यसै साता भूकम्प पीडित क्षेत्रमा जाने तयारीमा छ । बेलायतमा रहेका नेपाली ब्यवासी तथा संघसंस्थाले समेत ठूलो मात्रमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रकाशित: २१ वैशाख २०७२ ०६:२१ सोमबार





