१५ पुस २०८२ मंगलबार
image/svg+xml
प्रवास

कोरिया पुगेकै भोलिपल्ट ट्याक्सीमा नेपालीको मृत्यु

माधवी भट्ट, सोल (दक्षिण कोरिया) मंसिर ३०-  गएको भोलिपल्टै कोरियामा एक नेपालीको मृत्यु भएको छ। बिहीबारमात्रै नेपालबाट आएका कर्णबहादुर थापाको शुक्रबार ट्याक्सीमा मृत्यु भएको यहाँको प्रहरीले जनाएको छ। ३०३२९८८ नं. का पासपोर्ट भएका उनको ठेगाना धरान, सुनसरी लेखिएको छ। सोलको दोङदेमुनको मोटेलबाट सामान लिइ अर्को मोटेलमा जान ट्याक्सी चढेका बेला उनको मृत्यु भएको प्रहरीले जनाएको छ। अर्को मोटल आएकाले ओर्लन आग्रह गर्दा उनी मरिसकेको पाएको बयान ट्याक्सी ड्राइभरले प्रहरीलाई दिएका छन्। उनलाई प्रहरीले सम्पर्कमा रहनेगरी छाडेको छ।

पोष्टमार्टम रिपोर्टमा उनको मृत्यु हृदयाघातबाट भएको उल्लेख छ। सन् २००५ देखि हालसम्म ११ पटक कोरिया आइसकेका उनको रेकर्डबाट देखिएको छ। उनको यसअघि पनि मुटुको शल्यक्रिया भइसकेको थाहा भएको छ।

उनी क्यासिनोमा पनि गएको थाहा भएको छ। तर जित-हार भने थाहा हुन सकेन।

दूताबासका मेसेन्जर सुरेश लिम्बूले उनको घरमा सम्पर्क भएको र श्रीमतीसँग कुरा भएको बताए।

प्रकाशित: ३० मंसिर २०६६ ०२:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App